npl.977 Nepal News Stream

#Retail

BIZMANDU logo BIZMANDU

उच्च मूल्यबाट सुन तोलामा १ हजार ५ सय घट्यो, कारोबार तोलाको २ लाख ७६ हजार ५ सयमा

Sarala Subedi 5 hours ago

काठमाडौं। लगातार उच्चको कीर्तिमान बनाएको सुनको भाउमा बिहीबार तोलाको १ हजार ५ सय रुपैयाँ घटेको छ। कारोबार मूल्य २ लाख ७६ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लगातार उच्च भएको सुनको मूल्यमा पाँच दिनपछि गिरावट देखिएको हो। यसअघि मंगलबार तोलाको २ लाख ७६ हजार ५ सय थियो, जसमा १ हजार ५ सय रुपैयाँ बुधबार कारोबार मूल्य २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो।

चाँदीको तोलाको ५ हजार ४ सय ८५ रुपैयाँ भएको छ। यो अघिल्लो दिनका तुलनामा १७० रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रति तोला ५ हजार ६ सय ५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४६०८.९५ डलरले कारोबार भइरहेको छ भने चाँदी ८९.६१ डलरमा झरेको छ। अघिल्लो दिनका तुलनामा सुन प्रति औंस १८.२३ र चाँदी १.७४ डलरले घटेर कारोबार भइरहेको छ।

The post उच्च मूल्यबाट सुन तोलामा १ हजार ५ सय घट्यो, कारोबार तोलाको २ लाख ७६ हजार ५ सयमा appeared first on BIZMANDU.

Explore by Source or Category