इटहरी (सुनसरी)। सुनसरीको भोक्राहामा बिहीबार बिहान ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक भोक्राह-नर्सिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा दुर्घटना भएको हो। दुर्घटना मृत्यु हुनेमा सुनसरीको बर्जु-१ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा ३.०२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन,व्यापार, पर्यटन, सेवा, फलफूल तथा तरकारीलगायत विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन ३.०२ प्रतिशतले बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
काठमाडौं । अमेरिकाले आफ्नो आप्रवासन नीतिमा थप कडाइ गर्दै नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
टुरिजमफेस दार्चुला । नेपाल-चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो ।
टुरिजमफेस चितवन । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो ।
हङकङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क कडा बनाउँदा पनि चीनको व्यापार २०२५ मा करिब १.२ ट्रिलियन अमेरिकी डलर पुगेर कीर्तिमान कायम भएको सरकारी तथ्यांकले बुधबार देखाएको छ। अमेरिकातर्फ निर्यात घटे पनि अन्य देशतर्फको निर्यातले त्यसलाई भरपर्दो रूपमा पूर्ति गरेको हो। भन्सार प्रशासनका अनुसार चीनको कुल निर्यात २०२५ भरि ५.५ प्रतिशत बढेर ३.