npl.977 Nepal News Stream

#Headline

BIZMANDU logo BIZMANDU

ब्याजदर घटेको घट्यै, वाणिज्य बैंकले माघ महिनाका लागि पनि घटाए, कुनको कति?

Akash Bogati 18 hours ago

काठमाडौं। वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर घटाएका छन्। अधिक तरलता कारण माघ १ गतेदेखि लागु हुनेगरी बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन्।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनाका लागि ११ बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी ८ बैंकहरुले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई निरन्तरता दिएका छन्। प्राइम कमर्सियल बैंकले मुद्दती निक्षेपको अधिकतम दर बढाएको छ।

पुस तुलनामा माघ महिना ब्यक्त्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर ०.१४ प्रतिशत विन्दु घटेको छ। पुस महिनामा यस्तो औसत ब्याजदर ४.८ प्रतिशत विन्दु थियो।

माघ महिनाका लागि ४ बैंकहरुले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी १६ बैंकहरुले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई निरन्तरता दिएका छन्।

मुद्दती निक्षेपको अधिकतम ब्याजदर

बैंकहरुमंसिरपुसमाघ
नबिल४.७५४.५५४.५५
नेपाल इन्भेष्टमेन्ट मेगा
माछापुच्छ्रे४.५
हिमालयन५.५५.५
नेपाल एसबिआई४.८०४.५५४.४०
एभरेष्ट बैंक४.७५४.४०
एनआईसी एसिया
स्ट्यान्डर्ड चार्टर्ड४.७०४.६०४.३६
लक्ष्मी सनराइज४.७५४.५
कुमारी४.९१४.५३४.४३
सिद्धार्थ४.५५
सानिमा४.७५४.५५
एनएमबि
प्रभु४.९५४.५५४.५५
ग्लोबल आइएमई५.५०५.५०
सिटिजन्स्४.७५४.७५४.५
प्राइम कमर्सियल४.७५४.२५४.४०
कृषि विकास४.७०४.५५४.४०
नेपाल बैंक५.२५५.१०५.१०
राष्ट्रिय वाणिज्य बैंक५.५
स्रोत: वाणिज्य बैंकहरु

The post ब्याजदर घटेको घट्यै, वाणिज्य बैंकले माघ महिनाका लागि पनि घटाए, कुनको कति? appeared first on BIZMANDU.

Explore by Source or Category