npl.977 Nepal News Stream

#हेटौँडा उपमहानगरपालिका

Himal Press logo Himal Press

गाडीले स्कुटरलाई ठक्कर दिँदा १८ वर्षीय युवकको मृत्यु

Kiran Poudel 5 hours ago

काठमाडौँ- हेटौँडा उपमहानगरपालिका १० भुटनदेवी मोडमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–५ शान्तिनगर बस्ने वर्ष १८ को क्षितिज रायमाझी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार दिउँसो बसपार्कबाट पशुपतिनगरतर्फ गइरहेको बा प्र ०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको ना४च ६०५३ नम्बरको सानो मालवाहक गाडीले स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरमा सवार दुई जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा क्षितिजको अस्पतालमै मृत्यु भएको हो।

अर्का घाइते हेटौंडा उपमहानगरपालिका–७ निवासी १९ वर्षीय संगम झाको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिई भाग्ने गाडी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।

Explore by Source or Category