npl.977 Nepal News Stream

#हिमाल

Himal Press logo Himal Press

दहचोकबाट देखिएको हिमशृंखला (तस्बिरहरू)

Ramesh Dawadi 19 hours ago

काठमाडौँ- काठमाडौँ उपत्यकाको पश्चिम छेउमा अवस्थित दहचोकबाट आज बिहान मनोरम हिमशृंखला देखिएका छन्। माैसम खुलेसँगै टल्किएको हिउँ, घाम र आकाशको संगमले दहचोकको पहाडलाई प्राकृतिक चित्रकला जस्तै सजाइदिएको थियो।

इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यका संगमस्थल मानिने दहचोक फेरि हिमालको सुन्दरता साक्षी बनेको छ। गणेश, लाङटाङदेखि मनास्लु हिमशृंखलासम्मका शिखरहरू दहचोकबाट झनै नजिक र जीवन्त देखिन्छन्।

उपत्यकाको व्यस्तता छाडेर शान्ति खोज्नेका लागि दहचोकको विहानी दृश्य नै एक नयाँ ऊर्जा हो। सहर नजिकैबाट देख्न सकिने हिमालको यस्तो नजिकपन यतिबेला निकै आकर्षक बनेको छ।

Explore by Source or Category