npl.977 Nepal News Stream

#स्वास्थ्य

Contents
Kendrabindu logo Kendrabindu

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

इन्द्र कमल रोक्का 1 hour ago

म्याग्दी। रघुगङ्गा गाउँपालिका–१ बेगस्थित स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

बेगखोला घर भई हाल बेलायतमा बसोबास गर्दै आएका नगेन्द्र पाइजा र लक्ष्मीदेवी पाइजाले विपन्न वर्गलाई लक्षित गर्दै पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन्।

जन्मथलो आएका पाइजा दम्पतीले उक्त रकम बेग स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष बिलप्रसाद फगामीलाई हस्तान्तरण गरेका छन्।

वडाध्यक्ष फगामीका अनुसार अक्षयकोषबाट प्राप्त ब्याज रकम स्वास्थ्यचौकीमा उपचारका लागि आउने विपन्न बिरामीको सहयोगमा प्रयोग गरिनेछ। बजारका अस्पतालमा थप उपचारका लागि जानुपर्ने बिरामीको यातायात खर्च, दुर्घटना तथा विपद् प्रभावितको आकस्मिक उपचारमा समेत कोष परिचालन गरिने जनाइएको छ।

Kendrabindu logo Kendrabindu

अस्पताल स्थापनाको ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा

इन्द्र कमल रोक्का 2 hours ago

गण्डकी। पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतको हिमालय आँखा अस्पतालले स्थापना भएको ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ ।

३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले २०४९ सालमा स्थापना भएको अस्पतालले हालसम्म ४३ लाख नागरिकलाई सेवा दिएको जानकारी दिइन्। उनका अनुसार सन् २०२५ मा मात्रै दुई लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा हाल १२५ जना नेपाली जनशक्ति कार्यरत छन्। अस्पतालले गण्डकी र कर्णाली प्रदेशमा २७ उपचार केन्द्र र दुई सहायक अस्पतालमार्फत सेवा प्रदान गर्दै आएको छ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने र स्वास्थ्य पर्यटनसँग जोड्ने योजना रहेको बताए।

नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्तले पूर्वाधार विकासका लागि सरकारी सहयोग आवश्यक रहेको बताए। उपाध्यक्ष प्रा. डा. दिलबहादुर क्षेत्री र महासचिव भरतबहादुर चन्दले अस्पतालको सेवा विस्तारबारे जानकारी गराए।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा डा. अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मान गरिएको थियो। विभागतर्फ जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिटलाई पुरस्कृत गरिएको थियो।

अस्पतालमा लामो समय योगदान दिएका गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडू, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दीप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई पनि सम्मान गरिएको अस्पताल प्रशासनले जनाएको छ।

Himal Press logo Himal Press

३३ वर्षमा ४३ लाखको आँखा उपचार गरिसक्यो हिमालय आँखा अस्पतालले

Kiran Poudel 2 hours ago

गण्डकी- पोखरा महानगरपालिका १७ घारीपाटनस्थित नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालले आफ्नो स्थापनाको ३३औँ वर्षमा आइपुग्दा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ।

अस्पातलको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा  अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले २०४९ सालमा स्थापित अस्पतालले हालसम्म ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिइन्।

उनका अनुसार अस्पतालमा सन् २०२५ मा मात्रै दुई लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ। अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा हाल १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेका जानकारी दिए।

उनका अनुसार अस्पतालले हाल गण्डकी र कर्णालीमा २७ वटा उपचार केन्द्र र दुईवटा सहायक अस्पतालमार्फत सेवा दिइरहेको छ। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्ने बताए।

नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको सहयोग आवश्यक भएको बताए। संघका उपाध्यक्ष प्रा डा दिलबहादुर क्षेत्री, महासचिव भरतबहादुर चन्दलगायतले अस्पतालको सेवा विस्तारलगायतका विषयमा जानकारी गराए। कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा डा अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मान गरिएको थियो। विभागतर्फ जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिटलाई पुरस्कृत गरिएको थियो।

अस्पतालमा लामो समय योगदान दिने कर्मचारी गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडू, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दीप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई पनि सम्मान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

Explore by Source or Category