Taksar News
नेप्सेमा ३८ अंकको वृद्धि
काठमाडौंँ । मंगलबार सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका सबै कम्पनीको सेयरमूल्य बढेको छ । मंगलबार नेप्सेमा आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ६५ लाख बढिको कारोबार भएको छ ।
आज नेप्सेमा सालपा विकास बैंक र पन्चकन्या हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तिन ओटै कम्पनीको सेयरमूलय ९ प्रतिशत भन्दा माथि वृद्धि भएको छ ।
कुल ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार ६ सय ७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।