npl.977 Nepal News Stream

#सुरक्षा/अपराध

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

खैरो हिरोइनसहित दुई जना पक्राउ

राजधानी समाचारदाता 20 hours ago
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल चोकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्ने क्रममा ट्याङ्कीको कभरभित्र लुकाइएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थ प्लास्टिकसहित ४० दशमलव ५५ ग्राम र प्लास्टिक बाहेक ३८ ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ बस्ने २५ वर्षीय अभिषेक साह र सिन्धुलीको दूधौली नगरपालिका–९ का ३२ वर्षीय एलेक्स आले रहेका छन् । पक्राउ परेका दुवैजना माथि इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए ।

The post खैरो हिरोइनसहित दुई जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

एनसिसी दीक्षान्त समारोह सम्पन्न

राजधानी समाचारदाता 20 hours ago

सुनसरी । राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१औँ एनसिसी जुनियर डिभिजन तालिमको तेस्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ । मोरङको याङ्शिलास्थित पूर्वी तालिम शिक्षालयमा गत पुस ११ गतेदेखि सञ्चालन भएको तेस्रो चरणको तालिम आज सम्पन्न भएको हो ।

उक्त तालिममा कोशी, मधेस र बागमती प्रदेशका १३ जिल्लाका १८ विद्यालयबाट सहभागी ५३१ जना विद्यार्थी दीक्षित भएको राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

दीक्षान्त समारोहका अवसरमा तालिम पूरा गरेका एनसिसी जुनियर डिभिजनका क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो पिटी, एरोबिक्स तथा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी श्रेष्ठले क्याडेटलाई राष्ट्रिय झण्डा र सेवा दलको झण्डासहित शुभकामना सन्देश दिनुका साथै शपथ ग्रहण गराएका थिए ।

The post एनसिसी दीक्षान्त समारोह सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

नक्कली प्रहरी पक्राउ

राजधानी समाचारदाता 22 hours ago

काठमाडौं । प्रहरी भन्दै लुटपाट गर्ने व्यक्ति लागु औषध तथा सुनको सिक्रीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक, पनौती नगरपालिका ५ घर भइ हाल काठमाडौं– ९ बस्ने ३३ वर्षीय आकाश भन्ने बिक्रान्त केसी रहेका छन् ।

उनलाई प्रहरीले गत पुस २५ गते काठमाडौं महानगरपालिका– ८ शम्भुमार्ग नजिक प्रहरी हुँ भन्दै केही व्यक्तिहरुलाई ठगी गर्दै हिँडेको अवस्थामा पक्राउ गरेको हो ।

उनको डेरा कोठा खानतलासी गर्दा फेला परेको लागु औषध निटापाम लेखिएको २२ पत्ता, सुनको सिक्री थान १ र सुनको मुन्द्रा १ जोरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टाईले बताए ।

उनीविरुद्ध प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।

The post नक्कली प्रहरी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category