npl.977 Nepal News Stream

#सुमन सायमी

Contents
Himal Press logo Himal Press

नेकपामा समायोजन भयो सुमन सायमीको समूह

Keshav Rana Chhetri 14 hours ago

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा र सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको हो।

पार्टी समायोजनका क्रममा दुईपक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सहमतिपत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र सुमन सायमीले हस्ताक्षर गरेका छन्।

दुईपक्षबीच शासकीय स्वरुप निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको छ।

त्यस्तै गैरन्यायिक सडक र खोला मापदण्ड समस्या समाधानसम्बन्धी सहमति पनि दुईपक्षबीच भएको छ। साथै सहकारी पीडित समाधानसम्बन्धी विभिन्न बुँदामा सहमति भएको छ।

सहमतिपत्रको कार्यान्वयनका लागि आवश्यक समन्वय निर्माण गर्न सडक, संसद् र सरकार तीनै तहबाट राजनीतिक संघर्ष सञ्चालन गर्न प्रतिबद्ध रहेको सहमतिपत्रमा उल्लेख छ।

Himal Press logo Himal Press

सुमन सायमीसहितका नेताहरू नेकपा प्रवेश गर्दै

Kiran Poudel 22 hours ago

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन्।

सायमीले राष्ट्रिय मुक्ति पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठलगायत अन्य नेताहरू नेकपामा प्रवेश गर्न लागेको बताए । राष्ट्रिय मुक्ति पार्टीले सुमन सायमीलाई काठमाडौँ क्षेत्र नम्बर ८ र ९ बाट सिफारिस गरेको थियो । रवीन्द्र कुमार श्रेष्ठको नाम क्षेत्र नम्बर ७ बाट सिफारिस गरेको थियो । उनी दुवै जना पार्टी छाडेका छन् ।

Explore by Source or Category