npl.977 Nepal News Stream

#सुनचाँदी

Himal Press logo Himal Press

सुनचाँदीको मूल्यमा गिरावट

Ramesh Dawadi 3 hours ago

काठमाडौँ- बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० त्यति नै चाँदीको मूल्य रु पाँच हजार ४८५ कायम भएको छ।

बुधबार एक तोला सुन रु दुई ७८ हजार र त्यति नै चाँदीको मूल्य रु पाँच हजार ६५५ मा कारोबार भएको थियो। मंगलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मूल्य रु पाँच हजार ३४० मा कारोबार भएको थियो।

गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Explore by Source or Category