npl.977 Nepal News Stream

#सिनेमा

Contents
News of Nepal logo News of Nepal

लोकन्तीमा रोमान्टिक एसराज र ऋचा

न्युज अफ नेपाल 23 hours ago

सामाजिक कथामा बनेको फिल्म लोकन्तीको टिजर सार्वजनिक गरिएको छ।
आगामी मंसिर २६ गते अल नेपाल रिलिज हुने फिल्मको टिजरको शुरुमा नेपाली परम्परागत पञ्चेबाजाका साथमा अभिनेता एसराज गराच र अभिनेत्री ऋचा थापालाई बेहुला–बेहुलीका रूपमा प्रस्तुत गरिएको छ। टिजरमा उनीहरुलाई विभिन्न रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ।

टिजर ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो। परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सुक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको फिल्म रञ्जित रानाले निर्देशन गरेका छन्। काजी लिम्बुको कथा रहेको फिल्ममा शंकर अधिकारी घायल, डा. ओमकृष्ण प्रसार्इं, दीपेन्द्र खड्का र सन्दीप डा“गीको शब्द रचना, विकास चौधरी र सन्दीप डा“गीको संगीत, विकास चौधरीको संगीत निर्देशन, यम बराल, मेलिना राई, अनु चौधरी, नारायण थापा, प्रताप दास, सबु केसी, अबनिस गिरी र सविन सेनको स्वर, कमल राईको नृत्य निर्देशन र रोनिश तामाङ च्याङ्बाको छायांकन रहेको छ।

कृसन फिल्म्स्को ब्यानरमा सन्तोष न्यौपानेद्वारा निर्मित फिल्ममा एसराज गराच र ऋचा थापाका साथमा कुमार न्यौपाने, विमला लिम्बु, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात, रमेश बुढा मगर, लेखनाथ भुसाल, अरुणबहादुर थापा, कुमारजंग थापा, दीपकजंग थापा, सुनीलजंग थापा, अस्मिता घोरासिनी थापा, राधिका रयमाझी थापा, सारू थापा, गंगा थापा, दिलकुमारी थापा, मथुरा थापा, मनिषा थापा, अर्जुन थापा, आयुषा थापा, बुद्धिबहादुर मिजार, सानुभाइ मिजार, सुष्मा पुरकोटी, सुप्रिया पुरकोटी, नारायण घर्ती मगरलगायतले अभिनय गरेका छन्।

News of Nepal logo News of Nepal

गीतिकथामा कठै म त

न्युज अफ नेपाल 23 hours ago

गीतकार माधव न्यौपानेको गीतिकथा कठै म त सार्वजनिक गरिएको छ।
खुमन अधिकारीको संगीत र माधव न्यौपानेको शब्द रचना रहेको गीतिकथामा खुमन अधिकारी, देवी घर्ती मगर, शान्तिश्री परियार र सुनीता बुढा क्षत्रीको स्वर रहेको छ।

यसको भिडियोमा लक्ष्मी गिरी, गौरव पहाडी, सिरु विष्ट, विशाल पहाडी, मोहन खड्का, सरिता दानकुटी, स्वस्तिका लामिछाने, विपना घिमिरे, विनिराम न्यौपाने, दीपसागर, विराज सापकोटालगायतले जीवन्त अभिनय गरेका छन्।

गीतकार न्यौपानेकै कथा, निर्माण र निर्देशन, करण चैसर र काश गुरुङको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको गीतिकथा निर्मला हत्याकाण्डपछिको सिर्जित कथा र गीतमा केन्द्रित रहेको गीतकार न्यौपानेले बताए। उनले गीतिकथा तयार पार्न ७ वर्ष लागेको बताए।

Explore by Source or Category