npl.977 Nepal News Stream

#साहित्य

Sutra News logo Sutra News

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कविता प्रतियोगिता, प्रथम भइन् शर्मिला गाइजु

सुत्र न्युज 18 hours ago

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कविता प्रतियोगिता आयोजना गरेको छ । मंगलबार अस्पताल परिसरमा प्रतिष्ठानले गरेको पाँचौँ काव्य संगम प्रतियोगितात्माक कविता प्रतियोगितामा शर्मिला गाइजु प्रथम भएकी थिइन् ।

साहित्यकार मोमिला जोशी र लक्ष्मण सिटौला निर्णायक मण्डलमा रहेको प्रतियोगितमा दिक्षान्त सिटौला द्वितीय र विवेक गौतम तृतीय हुँदो चिकित्सक पूजा काफ्लेले सान्त्वाना पुरस्कार प्राप्त गरेकी थिइन् ।

अन्डर ग्राजुएट स्टुडेन्ट सोसाइटीका प्रेसिडेन्ड मनिषा केसीको सभापतित्वमा भएको प्रतियोगितामा पाटन अस्पतालमा एमबीबीएस, एमडी तथा नर्सिङ सेवामा अध्ययनरत चिकित्सकहरुको सहभागिता थियो ।

Explore by Source or Category