npl.977 Nepal News Stream

#संस्कृति / सम्पदा

Contents
Kendrabindu logo Kendrabindu

घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

इन्द्र कमल रोक्का 2 hours ago

चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ । हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उनले जानकारी दिए। क्रमशः अन्य क्षेत्रहरुमा नियन्तित्र डढेलो लगाइनेछ ।

उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी खटिएका छन् । सूचना अधिारी मगरले भने, “नियन्त्रित डढेलो लगाएपछि ठूलो डढेलोको सम्भावना टर्छ ।” यसले वन र वन्यजन्तुमा ठूलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए। नियन्त्रित डढेलो लगाउन निकुञ्जका घाँसे मैदानमा एक महिना लाग्ने उनले जानकारी दिए। घाँसे मैदानलाई खण्ड खण्ड बनाएर डढेलो लगाइन्छ ।

Kendrabindu logo Kendrabindu

तराईमा घरघरमा होली, बाहिर चहलपहल न्यून

इन्द्र कमल रोक्का 4 hours ago

विराटनगर । पूर्वी तराई क्षेत्रमा आज होली पर्व उत्साहका साथ मनाइँदैछ । तर यस वर्ष निर्वाचन नजिकिएकाले विगतजस्तो बाहिरको होहल्ला, भिडभाड र सार्वजनिक जमघट भने देखिएको छैन ।

सुनसरी र मोरङका विभिन्न स्थानमा स्थानीयवासी घरघरमै सीमित भई परिवार तथा आफन्तसँग सद्भाव साटासाट गर्दै होली मनाइरहेका छन् ।
विशेषगरी सुनसरी जिल्ला र मोरङ जिल्लाका सहरी तथा ग्रामीण बस्तीमा युवायुवतीको समूहगत र्याली, डिजे र सार्वजनिक कार्यक्रमको चहलपहल यस पटक छैन । बरु उनीहरू घरमै नाचगान गरिरहेका भेटिए ।

निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै प्रशासनले पनि भिडभाड नगर्न आह्वान गरेपछि उत्सव घरभित्रै सीमित बनेको हो ।

बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकसमेतले अबिर दल्दै, मिठाइ साट्दै र आपसी शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका छन् ।

नेपाल न्यूज बैंकले कोसी प्रदेशका विभिन्न स्थानमा कैद गरेका तस्बिर तथा भिडियो फुटेजमा पनि संयमित तर उल्लासपूर्ण होलीको झल्को देखिन्छ । सडक र चोकहरूमा विगतको जस्तो भीड नदेखिए पनि घर आँगनमा भने रङ र हाँसोको कमी छैन ।

Kendrabindu logo Kendrabindu

चन्दा उठाएर कलुवापुरको रामजानकी मन्दिर मर्मत

इन्द्र कमल रोक्का 6 hours ago

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मत गरी रङरोगन गरेर पुनर्निर्माण गरिएको छ।

पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल बनाइएको छ र त्यसमा स्टिल रेलिङ राखिएको छ। मन्दिरको मुख्य गेट नयाँ डिजाइनमा निर्माण गरिएको छ।

मुख्य गेटदेखि मन्दिरसम्मको बाटो ढलान गरिएको छ। मन्दिर परिसरमा बस्नको लागि चौतारो बनाइएको छ। यी कार्य चन्दा सहयोगबाट सम्भव भएको हो।

करिब पाँच दशकअघि निर्माण गरिएको यो मन्दिर पछिल्ला वर्षमा जीर्ण भएको थियो। छत र पर्खालमा दरार र चुहिने समस्या देखिन थालेको थियो।

मर्मतका लागि श्रीकृष्ण सामुदायिक वनले रु पाँच लाख सहयोग गरेको छ भने स्वदेश र विदेशमा बस्ने चन्दादाताबाट रु दुई लाखभन्दा बढी रकम सङ्कलन गरिएको छ। मन्दिरमा विवाह गर्ने जोडीबाट सङ्कलित रु ४५ हजार पनि पुनर्निर्माणमा प्रयोग गरिएको छ।

मन्दिर परिसरमा पहिले संसदीय विकास कोषमार्फत रु १० लाखमा यज्ञशाला र शौचालय निर्माण गरिएको थियो। मन्दिरमा विवाह, व्रतबन्ध, पूजापाठ, रामनवमी र अन्य धार्मिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। रामनवमीमा भक्तजनको आवागमन बढी हुने गर्दछ।

मन्दिर परिसरमा १०८ शिवलिङ्गसहितको चक्रव्यूह, रामजानकीको मुख्य मन्दिर, यज्ञशाला, विवाह मण्डप, गोरखनाथ र शिवपार्वती मन्दिर रहेका छन्।

केही सामग्री उधारोमै खरिद गरिएको कारण बाँकी ऋण तिर्न मुठ्ठीदान अभियान सुरु गर्ने तयारी गरिएको छ। बचत रकमले विद्युत् वायरिङ र अन्य संरचना सुधारमा खर्च गरिने योजना रहेको छ।

रामजानकी मन्दिरको पुनर्निर्माणसँगै कलुवापुर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले आकर्षक बन्न लागेको छ। साँझपख मन्दिर परिसरमा बत्ती र फूलबारीको व्यवस्था गरिएको छ, जसले पर्यटकका लागि पनि आकर्षण बढाएको छ।

Kendrabindu logo Kendrabindu

तराईमा हर्षोल्लासका साथ होली मनाउँदै

इन्द्र कमल रोक्का 7 hours ago

काठमाडौं । आज मंगलबार तराई क्षेत्रमा पनि रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ ।

नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।

Kendrabindu logo Kendrabindu

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

इन्द्र कमल रोक्का 8 hours ago

काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन् । यो संगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज समाप्त भएको छ ।
हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन् । अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको ५ कोसको पैदल यात्रा गर्नुपर्ने हुन्छ । मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेकाहरुले यस अन्तःगृह परिक्रमा गर्दा १५ दिन परिक्रमा गरेकै सरह हुने जनविश्वास रहेको छ।
अन्तगृह परिक्रमामा लाखौं स्थानीयवासीसहित नेपाल भारतबाट मिथिलामाध्यमिकी परिक्रमामा सहभागी हुन आएका परिक्रमा यात्रुहरुको सहभागीता हुन्छ।
धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारी मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने मध्यमा परिक्रमा आरम्भ भएको थियो। नेपाल– भारत दुवै देशको धार्मिक, सामाजिक तथा सांस्कृतिकको प्रतीक रहेको परिक्रमा पद यात्राको क्रममा नेपालमा १३ र भारतमा २ गरी १५ वटा विश्रामस्थल छन् । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १०७ र भारतका २६ गरी १३३ किलोमिटर पैदल यात्रा गर्ने गर्छन् ।
आज तराई भेगमा होली मनाईने भएपनि, मिथिलाञ्चलमा भने पूर्णीमा अघिल्लो दिन मात्र होली खेलीने परम्परा रहेको छ । यस अनुसार जनकपुरधाममा भने भोली मात्र होली खेलिने छ।

Explore by Source or Category