npl.977 Nepal News Stream

#संगीत

News of Nepal logo News of Nepal

जेनजी आन्दोलनको पीडामा सुष्माको गीत

न्युज अफ नेपाल 22 hours ago

सौन्दर्यविद् तथा गीतकार सुष्मा महराको शब्द रचना र अभिनय रहेको जेनजी आन्दोलन विषयको देशभक्तिपूर्ण गीत म नेपाली हुँ, मेरो देश नेपाल राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा जेनजी आन्दोलनका तीन सहिद परिवार उदयपुरकी अम्बिका विश्वकर्मा (जसले बानेश्वर संसद् भवनअगाडिको श्रीमान् गुमाइन्), कीर्तिपुरका विष्णु बहादुर तामाङ (सहिद बुद्धिबहादुर तामाङका बुबा) र पार्वती अधिकारी (जसले आन्दोलनमा आफ्ना छोरा गुमाइन्) को उपस्थितिमा गीत सार्वजनिक गरिएको हो।

सत्यराज आचार्यको स्वर, पुरुषोत्तम न्यौपानेको संगीत र दीक्षित पौडेलको संगीत संयोजन रहेको गीतमा राष्ट्रियता, सामाजिक यथार्थ र देशको वर्तमान अवस्थालाई समेटिएको छ। शक्ति प्रज्वल घिमिरेको निर्देशनमा तयार पारिएको गीतको भिडियोले देशको राजनीतिक र सामाजिक परिवेशलाई ऐना देखाउने प्रयास गरेको छ। भिडियोमा एकातिर जेनजी पुस्ता सडकमा अधिकारका लागि आन्दोलन गरिरहेका र रगत बगाइरहेका मार्मिक दृश्य छन् भने, अर्कोतिर सत्ताको बागडोर सम्हालेका नेताहरू बन्द कोठामा कुर्सीको खेलमा व्यस्त रहेको देखाइएको छ। आन्दोलनको क्रममा सडकमा छोडिएको रगत लतपतिएको जुत्तालाई भिडियोमा प्रतीकका रूपमा प्रयोग गरिएको छ। भिडियोमा गीतकार महरा जेनजी सहिदको आमाको रूपमा प्रस्तुत भएकी छन्। उनले सहिद भएपछि आमाले भोगेका दुःख र पीडा प्रस्तुत गरेकी छन्।

गीतकार महराले आफू पनि एक जेनजीको आमा भएको तथा देशमा ७२ जना सहिद हुनु सामान्य कुरा नभएको जनाउ“दै २३ र २४ गतेका घटनाले यो गीत लेख्न प्रेरित गरेको बताइन्। सहिद परिवारले आन्दोलन र त्यसपछिको पीडा सुनाउ“दै राज्यले घोषणा गरेको सहयोगसमेत नपाएको गुनासो गरे। उज्वलजंग शाहको परिकल्पनामा तयार पारिएको भिडियोमा राजेश घिमिरेको छाया“कन र सतिश श्रेष्ठको सम्पादन रहेको छ।

Explore by Source or Category