npl.977 Nepal News Stream

#शेरबहादुर देउवा

Contents
Himal Press logo Himal Press

निर्णायक वार्ताका लागि देउवानिवासमा गगन-विश्व

Kiran Poudel 20 hours ago

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच पार्टी विवादबारे अहिले वार्ता भइरहेको छ। देउवा निवास महाराजगन्जमा उनीहरूबीच छलफल भइरहेको हो। देउवाले सहमतिका लागि संवाद गर्न बोलाएपछि दुवै महामन्त्री देउवा निवास पुगेका हुन्।

विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मा देउवाले नेतृत्व छाड्नुपर्ने अडानमा छन्। तर यसका लागि देउवा तयार नभएपछि दुई पक्षबिच मंगलबार दिनभर र रातभर वार्ता भए पनि सहमति हुन सकेन। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि देउवाले दुवै महामन्त्रीलाई बुधबार बिहानै आफ्नो निवास महाराजगन्ज बोलाएका हुन्।

अहिले उनीहरूबिच छलफल जारी रहेको त्यहाँ सहभागी एक नेताले जानकारी दिए। देउवा निवासमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाललगायत शीर्ष नेता पनि छन्। सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ।

Himal Press logo Himal Press

देउवाले छाड्न नमान्दा विभाजनतर्फ कांग्रेस

Kiran Poudel 21 hours ago

काठमाडौँ- शेरबहादुर देउवाले सभापति पदबाट तत्काल हट्नुपर्ने विशेष महाधिवेशन पक्षधरको माग पूरा नहुँदा नेपाली कांग्रेस विभाजनतर्फ धकेलिएको छ। रातभरको वार्तामा सबै कुरामा सहमति भए पनि देउवाको विषयमा कुरा नमिल्दा कांग्रेस विभाजनतर्फ धकेलिएको वार्ता समितिका एक सदस्यले जानकारी दिए।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको छ। संस्थापन मानिने देउवाले विशेष महाधिवेशनको प्रक्रियालाई अस्वीकार्दा तनाव बढेको छ। संस्थापन निकट एक नेताका अनुसार देउवा पक्षले विशेष महाधिवेशनको स्वामित्व लिनेमा सहमति भयो। तर देउवाले तत्काल छाड्नुपर्ने र प्रतिनिधिसभाको टिकट बाँड्न नपाउने विशेष महाधिवेशन पक्षधरको माग थियो। तर देउवाले अहिले यथास्थितिमै रहने र वैशाखमा महाधिवेशन गरेर पद हस्तान्तरण गर्ने बताएका थिए।

‘विशेष महाधिवेशन पक्षले सभापतिज्यू चुनाव लड्न नपाउने र टिकटका लागि पनि संसदीय बोर्ड गठन गर्नुपर्ने माग अघि सार्‍यो त्यसैमा सहमति भएन।’ ती नेता भन्छन्।

नियमित महाधिवेशन हुने बेलासम्म पार्टी सञ्चालनका लागि एउटा विशेष संयन्त्र बनाएर जाऔं भनेर आफूहरूले विकल्पको प्रस्ताव पनि गर्दा समेत देउवा नमानेको संस्थापन इतरपक्षधर नेताको भनाइ छ। उनीहरूलेसभापति सक्रिय राजनीतिबाट हटे मात्रै त्यो संयन्त्र बन्ने कुरा आफूहरूले वार्तामा स्पष्ट रूपमा राखेको उनले बताए। अब वार्ता र निर्वाचन प्रक्रिया एकैपटक अघि बढ्ने ती नेताको भनाइ छ।

विशेष महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’

पोखरेलले मंगलबार बेलुकी नै विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै राति पनि सहमति नजुटे निर्वाचनमार्फत् नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए ।

Explore by Source or Category