npl.977 Nepal News Stream

#विश्वप्रकाश शर्मा

Contents
Himal Press logo Himal Press

गगन थापा नै कांग्रेस र देश बदल्न सक्ने दह्रो नेता : विश्वप्रकाश शर्मा

Ramesh Dawadi 16 hours ago

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षबाट कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्न सक्ने दह्रो नेता गगन थापा मात्रै भएको बताएका छन्।

बुधबार भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले कांग्रेसको नेतृत्व गगनले नै गर्नुपर्ने बताका हुन्। ‘हामी प्रतिबद्ध छौं, कांग्रेसलाई नेतृत्व गर्न सक्ने र देशलाई बदल्न सक्ने सक्षम व्यक्ति गगन थापा हुन्। यहाँ अलमलिनुपर्ने कुनै कारण छैन,’ उनले भने।

आफू कारबाहीबाट नआत्तिएको बताउँदै शर्माले राजनीतिमा यस्ता घटना स्वाभाविक हुने बताए। ‘हामी कारबाहीमा परेका छौं भनेर आत्तिएका छैनौं। राजनीतिमा यस्तो हुन्छ, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ उनले भने।

शर्माले महामन्त्री पद आफूले नै त्यागिसकेको बताए। शर्माले आज बिहानै महामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदै निष्कासनको अर्थ नरहने बताए। ‘केन्द्रीय समितिले कारबाही गरेको भन्ने सुनेँ। जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिनुपर्‍यो,’ उनले भने, ‘बदलिएको समयअनुसार कांग्रेस चलाउनुपर्छ भन्दा कारबाहीमा परिँदो रहेछ।’

शर्माले आफू महामन्त्री पदबाट हटिसकेकाले आजै उक्त पदका लागि युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गराइसकेको पनि जानकारी दिए। ‘एकजना साथीले फोन गरेर दाइ, कारबाहीमा पर्नुभयो भनेर भन्नुभयो। मैले भनेँ- महामन्त्री त मैले बिहानै छोडिसकेको छु,’ शर्माको भनाइ थियो।

Himal Press logo Himal Press

कारबाहीमा परेपछि विश्वप्रकाशले भने- कांग्रेस सही नेतृत्व दिन दृढ छ

Dhairya Kanta Dutta 18 hours ago

काठमाडौँ- कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले अघि सारेका आठबुँदे प्रस्ताव पार्टी र देशको हितमा रहेको बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकले साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेपछि शर्माले यस्तो बताएका हुन्।

सहमतिका लागि अघि सारेका आठबुँदे प्रस्ताव उल्लेख गर्दै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,‘मुस्कुराउँदै फेरि पढे यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ। विधानअनुरुपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’

थापा र शर्माले अघि सारेका आठमध्ये तीन बुँदामा कुरा नमिलेपछि सहमति जुटेको थिएन।

थापा र शर्माले चुनावअघि नै गगन थापालाई प्रधामन्त्री घोषणा, सभापति शेरबहादुर देउवाले राजनीतिबाट संन्यास लिुपर्ने र उच्चस्तरीय संयन्त्र बनाउने प्रस्तावबाट पछि नहटेपछि दुवै पक्षबीच सहमति जुटेको थिएन।

गगन-विश्व कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

Himal Press logo Himal Press

विशेष महाधिवेशन : महामन्त्रीमा विश्व र प्रदीपको उम्मेदवारी

Kiran Poudel 22 hours ago

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन्।

निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्। सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ।

 

Explore by Source or Category