npl.977 Nepal News Stream

#विशेष

Contents
Clickmandu logo Clickmandu

मौन अवधिअघि फेसबुक स्पोन्सर्ड एडमा उम्मेदवारको खर्च बढ्यो, एकैदिन ४६ वटासम्म कन्टेन्ट बुस्ट

क्लिकमान्डु 14 hours ago

काठमाडौं । प्रतिनिधिसभा २०८२ को निर्वाचनका लागि मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदै छ । निर्वाचन सुरु हुनुभन्दा ४८ घण्टा (तीन दिन) अगाडिदेखि उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न नपाइने र मौन बस्नुपर्ने निर्वाचन आयोगको आचारसंहिता लागू हुने भएकाले त्यसअघि नै सामाजिक सञ्जालमा कन्टेन्ट बुस्ट (विज्ञापन) गर्ने क्रम ह्वात्तै बढेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारहरूले गर्ने यस्तो प्रचारमा एकैदिन एउटै उम्मेदवारले ४६ वटासम्म कन्टेन्ट स्पोन्सर्ड (Sponsored) गरेका छन् । मेटा एड लाइब्रेरीको रिपोर्ट अनुसार ताप्लेजुङका एमाले उम्मेदवार क्षितिज थेबेले एकैदिन ४६ वटा कन्टेन्ट फेसबुकमार्फत स्पोन्सर्ड गरेका छन् । उनले ‘क्षितिज थेबे’ को नामबाट २० वटाका लागि ३६८ डलर र २६ वटाका लागि २७० डलर खर्चेर कन्टेन्ट बुस्ट गरेको मेटा एड लाइब्रेरीले देखाएको छ ।

उनले पछिल्लो एक सातामा ३८ वटा विज्ञापनका लागि ९०३ डलर र ‘क्षितिज थेवे जिताऔँ अभियान’ का लागि ५५ वटा विज्ञापनमा ८३७ डलर खर्च गरेका छन् । पछिल्लो एक सातामा सबैभन्दा बढी कन्टेन्ट बुस्ट गर्नेमा ‘डा. अजय क्रान्ति फलोअर्स’ देखिएको छ । यस पेजले एक सातामै १४५ वटा कन्टेन्ट बुस्ट गरेर ९०९ डलर खर्च गरेको छ ।

चुनावी सरगर्मी बढेसँगै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालबाट गर्ने प्रचारलाई तीव्र बनाएका हुन् । यसरी हुने प्रचारमध्ये पछिल्लो एक महिनामा मात्रै ‘डा. अजय क्रान्ति फलोअर्स’ बाट १९५ वटा विज्ञापनका लागि २२ सय ९४ डलर खर्च भएको देखिन्छ ।

त्यस्तै, पछिल्लो एक महिनामा फेसबुकबाट प्रचार गर्ने अन्य पेजहरूमा ‘देशको आशा’ बाट ११५ वटा, ‘निशा अधिकारी’ को नामबाट १९६ वटा, ‘कविर राणा समर्थ’ बाट १०० वटा, ‘विष्णुबहादुर खड्का जिताऔँ अभियान’ बाट ६३ वटा र ‘विश्वदीप पाण्डे’ बाट ७३ वटा कन्टेन्ट बुस्ट भएको मेटाको तथ्याङ्क छ ।
प्रतिनिधिसभाको चुनावी सरगर्मीसँगै राजनीतिक दल र उम्मेदवारहरू फेसबुकमा डलर खर्चेर प्रचार गर्न हौसिएका छन् ।

पछिल्लो समय फेसबुकमार्फत हुने यस्तो खर्च अस्वाभाविक रूपमै बढ्दै गएको तथ्याङ्कले पुष्टि गर्छ । चुनाव लक्षित गरी फेसबुकमा डलर खर्च गर्ने र व्यक्तिगत तथा राजनीतिक एजेन्डाको प्रचार गर्ने क्रम चुनावी माहोलसँगै बढेको हो । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित यस्तो फेसबुक विज्ञापनमा नेपाली रुपैयाँ मासिक लाखौँ खर्च भइरहेको छ ।

पछिल्लो एक महिनाको सामाजिक सञ्चालबाट भएको फेसबुक स्पोन्सर्ड एड

नेपाल न्युज logo नेपाल न्युज

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

नेपालन्युज 19 hours ago

म्याग्दी। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ लागेका छन् । आज साँझसम्म म्याग्दीका ८२ वटै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिए ।

निर्वाचनका लागि आबश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको छ ।

मतदानस्थल टाढा रहेका धबलागिरी गाउँपालिका, मालिका गाउँपालिका, रघुगङ्गा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीहरूलाई आइतबार नै निर्वाचन सामग्री बुझाइएको थियो । मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका मतदानस्थलहरूमा खटिएका कर्मचारीहरूलाई सोमबार निर्वाचन सामग्री बुझाइएको छ ।

कर्मचारीहरू सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने, मतदानस्थल वरपर राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू हटाउन लगाउने, निर्वाचन आचारसहिंताको अनुगमन गर्नेलगायत निर्वाचनसम्बन्धी कामहरूको तयारी सुरु गर्ने तयारी गरिएको छ ।

म्याग्दीमा निर्वाचन सम्पन्न गर्न एक सय २२ मतदान अधिकृत, एक सय २२ सहाहयक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

जिल्लामा कुल ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् । जिल्लामा मतदानका लागि ८२ वटा मतदानस्थलमा १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ भने कारागार र कर्मचारीहरूको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधीसभा सदस्य निर्वाचनमा एक वटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ९केबी०, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार डा. महाविर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । उमेद्वारहरूले ग्रामिण क्षेत्रको घरदैलो सकेर जिल्ला सदरमुकाम बेनी लगायत बजार क्षेत्रमा केन्द्रित भएका छन् ।

Explore by Source or Category