npl.977 Nepal News Stream

#विजय देवरकोन्डा

Himal Press logo Himal Press

दक्षिण भारतीय फिल्म ‘राणाबाली’ मा यस्तो देखिए विजय र रश्मिका

Susmita Bajagain 19 hours ago

काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘राणाबाली’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा नवविवाहित जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डा अंकित पोस्टर सार्वजनिक भएको हो।

तस्बिरमा विजय र रश्मिका १९औँ शताब्दीको पहिरन र परिवेशमा रोमान्टिक देखिएका छन्। फिल्ममा विजय सिपाहीको भूमिकामा छन्। उनी राणाबाली पात्रकाे अभिनय गरेका छन्। रश्मिका ‘जयम्मा’ को चरित्रमा देखिनेछिन्।

निर्माण पक्षले विजय र रश्मिकालाई सर्प्राइज दिँदै फिल्मको एक गीत पनि सार्वजनिक गरेकाे छ। गीत भिडियोमा फिल्मका मुख्य पात्र राणाबाली र जयम्माको विवाहका सुन्दर पलहरू देखाइएको छ।

राहुल सांकृत्यायनले निर्देशन गरेको फिल्म आगामी सेप्टेम्बर ११ अर्थात् आगामी वर्ष २०८३ भदौ २३ मा प्रदर्शन हुनेछ।

अभिनेता तथा अभिनेत्री विजय र रश्मिकाले गत फेब्रुअरी २६ मा विवाह गरेका हुन्।

यस्ताे छ गीत

Explore by Source or Category