npl.977 Nepal News Stream

#रामप्रसादराई गाउँपालिका

Himal Press logo Himal Press

भोजपुर : प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस

Kiran Poudel 5 hours ago

भोजपुर- रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको समस्या अन्त्य भएको छ। पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीय अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन्।

गाउँका ४६८ घरमा ‘एक घर, एक धारा’ अभियानमार्फत पिउने पानी वितरण गरिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। घरघरमा धारा पुगेसँगै घण्टौँसम्म पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ।स्थानीय कल्पना भट्टराईका अनुसार घरमै धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ। पहिले घरमा धारा नहुँदा निकै सास्ती थियो, टाढाबाट बोकेर पानी ल्याउनुपथ्र्यो। अहिले घरमै पानी आउँदा धेरै सहज भएको छ।

अर्की स्थानीय सरस्वती भट्टराईले पनि विगत सम्झिँदै भनिन्, ‘घरभन्दा परका तीनवटा धाराबाट डोको बोकेर पानी ल्याउनुपथ्र्यो, अहिले आँगनमै धारा जडान भएपछि सरसफाइमा सहज भएको छ। खेर जाने पानी करेसाबारीमा प्रयोग गरिरहेका छौँ।’

वडाध्यक्ष रामु थापामगरका अनुसार वडाभरिका सबै ४६८ घरमा धारा जडान सम्पन्न गरिएको छ। एक घर, एक धारा अभियान सफल भएको छ। अब स्थानीयले वर्षौँदेखिको पानीको समस्या भोग्नुपर्दैन। धारा जडानसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै वडाले ‘एक घर, एक फिल्टर’ अभियान पनि सञ्चालन गरेको जनाएको छ। पानीजन्य रोगबाट बच्न प्रत्येक घरमा पानी फिल्टरसमेत वितरण गरिएको छ। रासस

Explore by Source or Category