npl.977 Nepal News Stream

#राप्रपा

Himal Press logo Himal Press

रुपन्देही-२ मा कसैलाई समर्थन गरिएको छैन : राप्रपा

Keshav Rana Chhetri 14 hours ago

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २ मा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको जनाएको छ।

सो पार्टीका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही-२ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता नभएको जानकारी दिए।

उनले भने, ‘राप्रपाले रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन। प्राविधिकरूपमा राप्रपाको उमेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पङ्क्ति र मतदातालाई राप्रपा अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

Explore by Source or Category