npl.977 Nepal News Stream

#रवि लामिछाने

Contents
Nepali Link

रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा हटाइने

Narendra Basnet 13 hours ago

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई अभियोगपत्र संशोधनको स्वीकृति दिएको छ।

महान्यायाधिवक्ता कार्यालयको यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयहरूले संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरू हटाउने गरी अभियोगपत्र संशोधन प्रक्रिया अगाडि बढाउनेछन्।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण अभियोग हटाउन मात्रै आरोपपत्र संशोधनको स्वीकृति दिइएको स्पष्ट पारेकी छन्।

महान्यायाधिवक्ताको कार्यालयले यो निर्णय गर्नुका मुख्य आधार र कारणहरू यस प्रकार छन्–

१. संसदीय छानबिन विशेष समितिको निष्कर्षलाई मुख्य आधार

संसदीय छानबिन विशेष समिति २०८१ को प्रतिवेदनलाई निर्णयको मुख्य आधार बनाइएको छ । प्रतिवेदनको पृष्ठ ४४९ लाई उद्धृत गर्दै भनिएको छ– सहकारी संस्थाबाट रकम गोर्खा मिडिया प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण देखिएको छैन ।

यद्यपि, कम्पनीमा रकम आइसकेपछि सोको खर्च/परिचालनमा प्रबन्ध निर्देशकको रूपमा उनको सहभागिता देखिएको समितिको ठहर थियो । रकम ल्याउने प्रक्रियामा संलग्नता नदेखिएकाले संगठित रूपमा अपराध गरेको पुष्टि नहुने तर्क आदेशमा गरिएको छ ।

२. बचतकर्ताको रकम फिर्तालाई प्राथमिकता (कानुनी अड्चन फुकाउने)

महान्यायाधिवक्ताको कार्यालयले यो निर्णयको सबैभन्दा बलियो कारण बचतकर्ताको निक्षेप फिर्तालाई बनाएको छ । आदेशमा भनिएको छ– संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्दा सहकारी ऐन बमोजिम ‘मिलापत्र’ हुन सक्दैन । यदि यी मुद्दा कायम रहेमा राज्यले जरिबाना र सम्पत्ति जफत गर्नेतिर प्राथमिकता दिन्छ, जसले गर्दा सर्वसाधारण बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने सम्भावना समाप्त वा निकै ढिलो हुन्छ ।

पीडितलाई छिटो रकम दिलाउन ‘सहकारी ठगी’ सम्बन्धी अभियोगमात्र कायम राख्नुपर्ने कार्यालयको जिकिर छ ।

३. जाहेरवालाको ‘स्वघोषणा’ र बयान फेरबदल

रुपन्देहीको सुप्रिम सहकारीका जाहेरवाला नारायणबहादुर पहराई क्षेत्रीले अदालतमा दिएको ‘स्वघोषणा’ लाई पनि आधार मानिएको छ । उनले आफ्नो सुरुको जाहेरीमा रवि लामिछानेको नाम उल्लेख नगरेको तर प्रहरीले आफैँ नाम थपेर ब्यहोरा फरक पारेको भन्दै निवेदन दिएका थिए । पीडित आफैँले लामिछानेलाई दोषी नमानेको अवस्थामा संगठित अपराधको पुष्टि हुन नसक्ने आदेशमा उल्लेख छ ।

४. राजनीतिक प्रतिशोधको दाबी र थप प्रमाणको अभाव

लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्नकै लागि नयाँ तथ्य र प्रमाण बिना नै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा थपिएको भनी दिएको निवेदनलाई कार्यालयले गम्भीरतापूर्वक लिएको देखिन्छ । सुरुको अभियोग पत्रमा नाम नभएका व्यक्तिहरूलाई पछि पूरक अभियोगमार्फत गम्भीर मुद्दा लगाउनु न्यायोचित नदेखिएको टिप्पणीमा उल्लेख छ ।

५. गोर्खा मिडियाका अन्य पदाधिकारीमाथि मात्र दायित्व

आदेशमा भनिएको छ– सहकारीबाट गैरकानुनी रूपमा रकम निकाल्ने र गोर्खा मिडियामा पठाउने कार्यमा संलग्न रहेका अन्य सञ्चालक र निर्णयकर्ताहरू नै मुख्य जिम्मेवार हुन् । लामिछानेको हकमा कम्पनीमा आएको रकम खर्च गर्ने भूमिका मात्र देखिएकाले उनलाई संगठित अपराधको घेरामा राख्नुभन्दा सहकारी ठगीको दायरामा मात्र राख्नु उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।

यो निर्णयपश्चात् जिल्ला अदालत कास्कीमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता हुनेछ भने रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेका संगठित अपराधका मुद्दाहरू पनि फिर्ता हुने जनाइएको छ। चितवनमा यी अभियोगहरू नचलेकाले त्यहाँ आरोपपत्र संशोधनको निर्णय नभएको उल्लेख छ।

Saral patrika logo Saral patrika

लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय

Saral Patrika 16 hours ago

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ। कार्यालयले यस सम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित जिल्लाका सरकारी वकिलहरूलाई स्वीकृति प्रदान गरेको हो।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै अब कास्की, रूपन्देही, काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयहरूले अदालतमा विचाराधीन रहेका ती गम्भीर अभियोगहरू फिर्ता लिने प्रक्रिया अघि बढाउनेछन्। लामिछानेका तर्फबाट असोजको पहिलो साता महान्यायाधिवक्ता कार्यालयमा दिइएको निवेदनका आधारमा यो निर्णय भएको हो।

सहकारीको रकम अपचलन लगायतका अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेकै समयमा लामिछानेले मुद्दा फिर्ताको माग गर्दै निवेदन दिएका थिए। सरकारको यो पछिल्लो कदमले लामिछानेको कानुनी संकट तत्कालका लागि केही कम हुने देखिएको छ भने यसले राजनीतिक वृत्तमा नयाँ बहस समेत सिर्जना गरेको छ।

Explore by Source or Category