npl.977 Nepal News Stream

#रंगीन संसार

Contents
Kendrabindu logo Kendrabindu

अरुण क्षेत्रीको मुख्य भूमिकामा चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न

इन्द्र कमल रोक्का 19 hours ago

काठमाडौं । चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ ।

चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । उनको यो डेब्यू निर्दशन हो ।

क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन् ।

चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाइ छ । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । तर, रियल पात्रको कथामा फिक्सनाइज गरिएको निर्देशक जीवनको भनाइ छ ।

चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री छन् । प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय रहेको छ ।

कृष्ण थापाको डीओपी रहेको चलचित्र ‘हन्टर’मा एक्सन शुक्ररा साहको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत छ ।

चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ भने कार्यकारी निर्माता रोयल भिमसेन हुन् । ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् ।

चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । पोस्टको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने निर्देशक सिंहले जानकारी दिएका छन् ।

Kendrabindu logo Kendrabindu

‘भाईरल गोर्खे’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

इन्द्र कमल रोक्का 19 hours ago

काठमाडाैं । माघ १ गते भोली माघे संक्रन्तिको अवसर पारेर बिहीबारबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरिएको थियो ।

यो सिनेमाको प्रिमियर शोमा मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतका सेलिब्रेटी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । सिनेमाको प्रिमियरमा सृष्टिले नेवारी पोशाकमा पुग्दा सौगात नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा उपस्थित भएका थिए । जहाँ सिनेमाका निर्देशक निगम श्रेष्ठ, निर्माताहरु ऋमित श्रेष्ठ, महेश लामिछाने र सहनिर्माता शुभेच्छा पौडेल पनि प्रिमियर शोमा उपस्थित थिए ।

प्रिमियरमा सिनेमा हेरेर निस्केका अधिकांश पाहुनाले निर्देशक निगम निर्देशकिय पाटोसहित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा भएको थियो । ‘भाईरल गोर्खे’ एक सुन्दर सिनेमा बनेकाले सम्पूर्ण दर्शकले हेर्न पर्ने प्रतिक्रिया उपस्थित पाहुनाको थियो । सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्ने सिनेमामा यसको असर र प्रभावको कथा भनिएको छ ।

अभिनेत्री पूजा शर्माले ‘भाईरल गोर्खे’ मनोरञ्जनसहित सन्देशमुलक सिनेमा बनेको प्रतिक्रिया दिइन् । ‘पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने परिपाटी हराउँदै गएको भन्दै आफुलाई टिजर रिलिज देखि नै सिनेमा हेर्ने इच्छा रहेको र प्रिमियरमा निम्तो मिलेसँगै सिनेमा हेर्न हल पुगेको त्यसमाथी सिनेमा पनि सुन्दर बनेको पाएपछि खुशीका साथ सिनेमा हेर्न अनुरोध गरेकी छु,’ उनले भनिन् ।

चर्चित भ्लगर तथा मोडल सिसन बानियाँले पनि ‘भाईरल गोर्खे’ हेरेर आनन्द मिलेको बताए । सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा मिडियासँग उनले भने, ‘पछिल्लो समय नेपालमा भाईरल बन्ने ट्रेण्ड प्रचलनमा रहेकाले त्यसमाथी निर्देशक निगम श्रेष्ठले सुन्दर सिनेमा निर्माण गर्नु भएको रहेछ । खुशी लाग्यो सिनेमा हेरिरहँदा सिनेमाको पर्दामा केही नयाँ देख्न पाएँ । जसले मनोरञ्जनसँगै सन्देश पनि दिएको छ । सवैलाई एक पटक हलमा पुगेर सिनेमा हेर्न सिफारिस गर्छु ।’

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ सिनेमाले प्रिमियर शोमा उपस्थित पाहुनाबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले मख्ख देखिन्थे । ‘हामीले यो सिनेमाको लागि निकै मेहनत गरेका थियौं । आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ । खुशी लाग्छ । अव दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ । हेरौं के कस्तो हुन्छ । दर्शकको राम्रो साथ मिल्छ भन्नेमा आशावादी छौं,’ उनीहरुले भने ।

निर्देशक निगम श्रेष्ठ पनि प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेपछि प्रशन्न मुद्रामा देखिएका थिए । ‘मैले सक्दो मेहनत गरेको छु । आज तपाईहरुलाई मन पर्यो । दर्शकलाई पनि मन पर्छ भन्नेमा विश्वस्त छु,’ उनले भने । यो सिनेमाको हिजो मंगलबारदेखि नै देशभरका मल्टीप्लेक्स तथा संगलस्क्रिन हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ । सिनेमा ‘भाईरल गोर्खे’का यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरबाट बनेको हाइपका कारण देशभरका हलले राम्रो शो उपलब्ध गराएका छन् ।

‘भाइरल गोर्खे’ निर्देशन निगम श्रेष्ठले गरेका हुन् । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन् ।

Kendrabindu logo Kendrabindu

‘मिरमिरे’मा किन लगानी गरे रोहितले ?

इन्द्र कमल रोक्का 19 hours ago

काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आएका छन् । चलचित्र वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित चलचित्र ‘मिरमिरे’मार्फत कार्यकारी निर्माता बनेका हुन् ।

चलचित्र वितरण गर्दै आएका उनी किन निर्माता बने ? चलचित्रको कथा मन परेपछि आफू चलचित्र निर्माणका लागि अग्रसर भएको उनको भनाइ छ ।

“निर्माणका हिसाबले मिरमिरे मेरो तेस्रो चलचित्र हो । जब मलाई निर्देशक यम शेर्पाले यो चलचित्रको कथा सुनाउनुभयो मलाई कथा मन प¥यो,” रोहित भन्छन्, “एउटा राम्रो कथामा चलचित्र निर्माणका लागि अफर आउँदा किन सहकार्य नगर्ने भन्ने भएर लगानी गरेको हुँ ।”

बाबु र छोरीबीचको कथाले आफूलाई ‘टच’ गरेको रोहित बताउँछन् । “यो हामी सबै नेपालीको कथा हो । घरघरको कथा हो,” उनी भन्छन्, “हामी धेरै नेपालीले भोगेको र देखेको कथा हो । त्यसैले मलाई सुन्नबित्तिकै यो कथा मन परेको हो ।”

राम्रो कथामा चलचित्र निर्माणका लागि आफू सधैँ तयार रहेको उनी बताउँछन् । कहिले वितरण त कहिले निर्माणमार्फत राम्रो चलचित्र दर्शकमाझ ल्याउनु आफ्नो दायित्व पनि भएको रोहितको भनाइ छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

Explore by Source or Category