npl.977 Nepal News Stream

#योगेश भट्टराई

Himal Press logo Himal Press

देशलाई जुवाको अखडा नबनाउन पनि एमाले र ओलीले जित्नुपर्छ : योगेश भट्टराई

Kiran Poudel 23 hours ago

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइ हुन बाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको बताएका छन्। झापा ५ को दमकमा आज प्रेश चौतारीले गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा विकशित चुनौतिहरूको सामना गर्न सक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरुरी रहेको उनले जनाए।

चुनावको मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उनले त्यस्ता पात्रहरुका कारण देश मियो बिनाको देश हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरुरी रहेको जनाए।

देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै भट्टराईले उनीहरूमा जिते छाती पिट्ने र हारे निराश हुने बाहेक कुनै उद्देश्य नरहेको उनको दाबी छ। जेनजी आन्दोलनको क्षतिको दोस जवर्जस्ती एमालेतर्फ थुपार्न खोजिएको भन्दै उनले सो आन्दोलनमा देश ध्वस्त बनाउने कार्यामा सन्लग्नहरु चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न पनि गरे।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनको जस्तै फराकिलो अन्तरले झापा ५ बाट एमाले अध्यक्षको जित हुने बताए। एमाले अध्यक्ष ओलीलाई झापा ५ ले निरन्तर उम्मेदवार पाउनु यस क्षेत्रका मतदाताको लागि अवसर समेत रहेको उनले बताए।

Explore by Source or Category