npl.977 Nepal News Stream

#मोटरसाइकल

Contents
Himal Press logo Himal Press

सिन्धुलीको गागनमा बस र मोटरसाइकल ठोक्किँ एक जनाको मृत्यु

Ramesh Dawadi 21 hours ago

सिन्धुली- मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका-२ गागनमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका-३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका-१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका-३ का श्यामकुमार भट्टराईको खोजी जारी छ।

Himal Press logo Himal Press

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीले मोटरसाइकल चोरी गरेर बिक्री गरे, प्रहरी अनुन्धानमा पक्राउ

Ramesh Dawadi 23 hours ago

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित शनिबार एक जना पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका-१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा४०प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवालाई पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका-७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरिएको बताए।

मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा खातीले चोरी गरेर बिक्री गरेको खुल्न आएको उनले जानकारी दिए।

खाती गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँबाट फरार भएका थिए। केही दिनअघि प्रहरीले उनलाई पुनः पक्राउ गरी कारागार पठाएको जनाएको छ।

Explore by Source or Category