npl.977 Nepal News Stream

#मुस्ताङ

GandakNews logo GandakNews

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु

गण्डक न्यूज 21 hours ago

मुस्ताङ । राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ खन्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

म्याग्दीको बेनीबाट जोमसोमतर्फ आउँदै गरेको ग ७ प १४८६ नम्बरको मोटरसाइकल आइतबार साँझ ६:४० बजे अचानक अनियन्त्रित भई दुर्घटना हुँदा मुस्ताङको घरपझोङ-२ बस्ने ३२ वर्षीय सुनिल घतानेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यसअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका घतानेलाई प्रहरी चौकी कोवाङका सुरक्षाकर्मी लगायतको सहयोगमा प्रदेश अस्पताल जोमसोम पुर्‍याइएको थियो ।

घाइते युवा घतानेलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

Explore by Source or Category