npl.977 Nepal News Stream

#भारत

Contents
Himal Press logo Himal Press

भारतको सेमिफाइनल यात्रा सम्भव बनाउने यी ५ खेलाडी

Ramesh Dawadi 21 hours ago

काठमाडौँ- डिफेन्डिङ च्याम्पियन भारत छैटौं पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। टोलीले लिग चरणका तीनवटै खेल जित्यो तर सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोली सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार्‍यो।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको हारपछि सेमिफाइनल पुग्ने भारतको बाटो कठिन बनेको थियो। त्यसपछि टोलीले लगातार दुई खेल जित्दै शीर्ष-४ मा स्थान बनायो। भारतलाई सेमिफाइनल पुर्‍याउने ५ खेलाडीहरू अहिले चर्चामा छन्।

सञ्जु सैमसन : म्याच जिताउने पारी

कोलकाता आइतबार साँझ भारत-वेस्टइन्डिजबीचको खेल गर वा मरको अवस्थामा थियो। पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा १९५ रन बनायो। सञ्जु सैमसन १९६ रनको लक्ष्य पछ्याउँदै ओपनिङमा आए र खेल जिताएर फर्किए। उनले ५० बलमा अविजित ९७ रन बनाए। सैमसनले ३ खेलमा १ अर्धशतकसहित १४३ रन बनाएका छन्।

जसप्रित बुमराह : पाकिस्तानविरुद्ध महत्त्वपूर्ण विकेट

१४ फेब्रुअरीमा कोलम्बोको आर.प्रेमदासा स्टेडियममा भारतले पहिले ब्याटिङ गर्दै १७५ रन बनायो। १७६ रन पछ्याइरहेको पाकिस्तानले १ रनमै साहिबजादा फरहानको विकेट गुमायो। अर्को ओभरमै बुमराहले सईम अयुब (६ रन) र कप्तान सलमान अली आगा (४ रन) लाई आउट गरेर पाकिस्तानलाई दबाबमा पारे। भारत ६१ रनले विजयी भयो र सुपर-८ मा पुग्यो।

ईशान किशन : नामिबिया र पाकिस्तानविरुद्ध अर्धशतक

ईशान यस विश्वकपमा भारतका दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यानमध्ये हुन्। उनले नामिबियाविरुद्ध ६१ र पाकिस्तानविरुद्ध ७७ रन बनाए। पाकिस्तानविरुद्ध अभिषेक शर्मासँग ओपनिङ गरे पनि अभिषेक शून्य रनमा आउट भए। त्यसपछि ईशानले तिलक वर्मासँग ८८ रनको साझेदारी गरे।

वरुण चक्रवर्ती : सर्वाधिक विकेट लिनेमध्ये

वरुण टी-२० विश्वकप २०२६ का शीर्ष विकेट लिने खेलाडीमध्ये पर्छन्। उनले ७ खेलमा १२ विकेट लिएका छन्। नामिबिया र नेदरल्यान्ड्सविरुद्ध ३-३ विकेट तथा पाकिस्तानविरुद्ध २ विकेट लिए।

हार्दिक पाण्ड्या : ब्याट र बल दुवैमा योगदान

पाण्ड्याले ७ खेलमा १७२ रन बनाए जसमा दुई अर्धशतक समावेश छन्। उनले १५६.३६ स्ट्राइक रेटमा रन बनाए। बलिङतर्फ नयाँ बलसँग प्रभावशाली प्रदर्शन गर्दै पाकिस्तानविरुद्ध पहिलो ओभरमै फरहानलाई आउट गरे। पाण्ड्याले हालसम्म ६ विकेट लिएका छन्।

यो पनि

संजुले तोडे कोहलीको कीर्तिमान, अन्य खेलाडीले कस्तो खेले?

विराट कोहलीको कीर्तिमान तोड्दै फरहान विश्वकपका शीर्ष स्कोरर

Himal Press logo Himal Press

संजुले तोडे कोहलीको कीर्तिमान, अन्य खेलाडीले कस्तो खेले?

Ramesh Dawadi 22 hours ago

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा भारतले ऐतिहासिक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सुपर-८ को अन्तिम खेलमा वेस्टइन्डिजले दिएको १९६ रनको लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो।

ईन्डन गार्डेनमा भएको खेलमा भारतका लागि जितका नायक संजु सामसन बने। उनले अविजित ९७ रनको उत्कृष्ट पारी खेल्दै लक्ष्य पछ्याउने क्रममा भारतका लागि सबैभन्दा ठूलो व्यक्तिगत स्कोरको कीर्तिमान कायम गरे। यससँगै उनले सन् २०१६ मा विराट कोहलीले अस्ट्रेलियाविरुद्ध बनाएको अविजित ८२ रनको रेकर्ड तोडे।

भारत टी-२० विश्वकपको इतिहासमा छैटौँपटक सेमिफाइनल पुगेको छ। यससँगै भारतले पाकिस्तान र इंग्ल्याण्डको बराबरी गरेको छ जो समान ६-६ पटक अन्तिम चारमा पुगिसकेका छन्।

वेस्टइन्डिजविरुद्ध १९६ रनको लक्ष्य पूरा गर्नु भारतको टी-२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो रनचेज हो। यसअघि सन् २०१४ मा दक्षिण अफ्रिकाविरुद्ध १७३ रन पछ्याउनु नै सबैभन्दा ठूलो सफल चेज थियो। समग्रमा यो टी-२० विश्वकप इतिहासकै तेस्रो ठूलो रनचेज हो।

संजु सामसनको ९७ रनको पारी यस विश्वकपमा भारतका तर्फबाट दोस्रो ठूलो व्यक्तिगत स्कोर पनि हो। यसअघि सुरेश रैनाले १०१ रन बनाएका थिए।

कप्तान सूर्यकुमार यादवले भारतका लागि ५० औँ टी-२० खेलमा कप्तानी गर्दै अर्को कीर्तिमान बनाए। उनी ५० खेलमा कप्तानी गर्ने चौथो भारतीय खेलाडी बनेका छन्। उनले ५० मध्ये ३८ खेल जिताउँदै ८१.२५ प्रतिशतको उत्कृष्ट जीत दर कायम गरेका छन् जुन धोनी, रोहित शर्मा र विराट कोहलीको भन्दा उच्च रहेको छ।

बलिङतर्फ जसप्रित बुमराहले पुनः आफ्नो प्रभाव देखाए। उनले शिमरन हेटमायरलाई टी-२० क्रिकेटमा छैटौँपटक आउट गरे। हेटमायरले बुमराहविरुद्ध १० इनिङ्समा मात्र १७ रन बनाएका छन्, जहाँ उनको औसत २.८३ मात्र रहेको छ।

हारका बाबजुद वेस्टइन्डिजका खेलाडीहरूले व्यक्तिगत कीर्तिमान बनाएका छन्। शिमरन हेटमायरले यस विश्वकपमा १९ छक्का प्रहार गर्दै एकै संस्करणमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

टिमका रूपमा वेस्टइन्डिजले यस विश्वकपमा कुल ७६ छक्का प्रहार गरेको छ जुन कुनै पनि एक संस्करणमा दोस्रो धेरै हो। ७८ छक्कासहित बुल्गेरिया शीर्ष स्थानमा रहेको छ। रोभम्यान पावेल वेस्टइन्डिजका लागि टी-२० क्रिकेटमा १५० छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।

हार्दिक पाण्ड्याले पनि ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनी टी-२० विश्वकपमा ४०० भन्दा बढी रन र ३० भन्दा बढी विकेट लिने विश्वका तेस्रो अलराउण्डर बनेका छन्। यसअघि शाकिब अल हसन र शाहिद अफ्रिदीले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए।

Explore by Source or Category