npl.977 Nepal News Stream

#बैंकिंग

Contents
Kendrabindu logo Kendrabindu

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

इन्द्र कमल रोक्का 9 hours ago

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो ।

आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ ।

व्यापार समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव ६४, विकास बैङ्क एक दशमलव ५९, वित्त एक दशमलव ४३, होटल तथा पर्यटन एक दशमलव ६०, जलविद्युत् दुई दशमलव १३ र लगानी समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ४९, लघुवित्त एक दशमलव ६६, म्युचुअल फन्ड शून्य दशमलव ८२, निर्जीवन बीमा एक दशमलव ११ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले बढेको छ ।

सलपा विकास बैङ्क लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य दुई दशमलव ३२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ३४ करोड ६५ लाख ३० हजार ३७९ बराबरको नौ लाख ३६ हजार ३४७ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।

Kendrabindu logo Kendrabindu

राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

इन्द्र कमल रोक्का 11 hours ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागिता जनाउन आह्वान गरेको छ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ ।

निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी फागुन २५ गते हुने बताइएको छ । सबैभन्दा कम ब्याजदरको प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी बाँडफाँट गरिने छ ।

Kendrabindu logo Kendrabindu

नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू

इन्द्र कमल रोक्का 14 hours ago

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ ।

नयाँ प्रावधानअनुसार प्रत्येक ब्रोकरले दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्नेछ भने नयाँ ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ । अडिट मान्यताप्राप्त आईटी विज्ञ वा अडिट फर्ममार्फत गराइ प्रतिवेदन नेप्सेसमक्ष पेस गर्नुपर्नेछ । निर्देशिकाअनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डेटा व्यवस्थापन, सर्भर, डाटाबेस, नेटवर्क, वेबसाइट तथा मोबाइल एपलगायत सम्पूर्ण डिजिटल संरचना परीक्षणको दायरामा पर्नेछन् ।

साथै, प्रयोगकर्ता प्रमाणीकरण, डेटा ब्याकअप, फायरवाल, इन्क्रिप्सन र साइबर सुरक्षा नीतिको प्रभावकारिता पनि अनिवार्य रूपमा परीक्षण गर्नुपर्नेछ । नेप्सेले अनलाइन कारोबार विस्तारसँगै बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै अडिटलाई संस्थागत गरेको जनाएको छ । निर्देशिका उल्लङ्घन गर्ने ब्रोकर कम्पनीमाथि कारबाहीको व्यवस्था समेत राखिएको छ ।

Kendrabindu logo Kendrabindu

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

इन्द्र कमल रोक्का 14 hours ago

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाृ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Kendrabindu logo Kendrabindu

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

इन्द्र कमल रोक्का 17 hours ago

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

 यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९१  पैसा र बिक्रीदर ३९ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ दुई पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६९ पैसा रहेको छ  । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Explore by Source or Category