npl.977 Nepal News Stream

#बागलुङ

Contents
Himal Press logo Himal Press

२ हजार ३०२ किशोरीलाई पाठेघरको मुखको क्यासरविरुद्वको खोप लगाइँदै

Kiran Poudel 3 hours ago

बागलुङ- यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।

यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपीभी खोप दिने लक्ष्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए। उनका अनुसार बागलुङ नगरपालिकाका ५५६, गलकोटका २६८, जैमिनीका १५८, ढोरपाटन नगरपालिकाका ४१९ जना किशोरीले खोप लगाएका छन् ।

काठेखोला गाउँपालिकाका १३५, तमानखोलाका १०१, ताराखोलाका ५५, निसीखोलाका २३५, बडिगाडका ३०९ र बरेङ गाउँपालिकाका ७३ जना किशोरीले एचपिभी खोप लगाएका घिमिरेले बताए ।

विद्यालय जाने दुई हजार २७१ र विद्यालय नजाने १४ र छुटेका १७ जना किशोरीले यसपटक खोप लगाएको उनको भनाइ छ । गत वर्ष ११ हजार १७७ किशोरीले एचपिभी खोप लगाएका थिए । तोकिएको उमेर समूहका किशोरीलाई खोप लगाउनबाट नछुटाउनका लागि फागुनभित्र विद्यालय र घरघरसम्म पुग्न स्वास्थ्यकर्मी खटाइएको उनले बताए ।

Himal Press logo Himal Press

बागलुङमा निर्वाचन : २ हजार ३६८ अस्थायी मतदाता

Kiran Poudel 3 hours ago

ढोरपाटन- बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८ अस्थायी मतदाता रहेका छन्। निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, कैदीबन्दीसहित उक्त संख्यामा अस्थायी मतदाता रहेका हुन्। जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजालका अनुसार जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ।

कैदीबन्दी मतदाताका लागि जिल्ला कारागार र सुरक्षाकर्मी तथा ड्युटीमा रहेका कर्मचारीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र तोकिएको प्रमुख रिजालको भनाइ छ। रिजालका अनुसार ५३ जना कैदीबन्दी र दुई हजार ३१५ जना सुरक्षाकर्मी र कर्मचारी रहेका छन्।

दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार छन्। कूल एक लाख ९३ हजार ३८१ मतदाता रहेको बागलुङमा ९८ हजार ५७४ महिला, ९८ हजार ५०६ पुरुष र एक जना अन्य मतदाता रहेका छन्।जिल्लामा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा कूल दुई हजार ६० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Explore by Source or Category