npl.977 Nepal News Stream

#बजार

Contents
Kendrabindu logo Kendrabindu

भन्सार छलीका आठ लाखभन्दा बढीका सामान बरामद

इन्द्र कमल रोक्का 1 hour ago

भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरिएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी आठ लाख ४० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली गरी ल्याइ लुकाइछिपाइ राखिएको ७७२ थान लेडिज कुर्ता–सुरुवाल सेट बरामद गरिएको छ । उक्त कपडाको अन्दाजी मूल्य सात लाख १२ हजार रुपैयाँ रहेको छ । घटनामा संलग्न फार्म सञ्चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको छ ।

त्यस्तै रोहिणी गाउँपालिका–१ झोलुङ्गेपुल नजिक बेवारिसे अवस्थामा रहेका दुई मोटरसाइकलबाट २० कार्टुन रेडबुल र १० कार्टुन स्नाइकर चकलेट बरामद गरिएको छ। बरामद पेय पदार्थ तथा चकलेटको अन्दाजी मूल्य ७८ हजार ६०० रुपैयाँ तथा मोटरसाइकलको अन्दाजी मूल्य ५० हजार रुपैयाँ गरी कुल एक लाख २८ हजार ६०० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको छ ।

बरामद सबै सामान अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

Kendrabindu logo Kendrabindu

आज पनि बढ्यो सुनचाँदीको मूल्य,कतिमा भइरहेछ कारोवार ?

इन्द्र कमल रोक्का 23 hours ago

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

आज चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Explore by Source or Category