npl.977 Nepal News Stream

#फुटबल

Contents
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

कार्यसमितिलाई‌ एन्फा अध्यक्ष नेम्वाङको धन्यवाद

Prakash Timalsina 9 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङले आज वर्तमान कार्यसमितिको अन्तिम बैठक भन्दै कार्यसमितिका पदाधिकारी र सदस्यलाई धन्यवाद दिएका छन्।

विधान विपरित माघ २८ गतेका लागि तोकिएको निर्वाचनसहितको साधारण सभामा पेश गर्नका लेखा परीक्षण र बजेट पास गर्न आज राखिएको बैठकमा अध्यक्ष नेम्वाङले कार्यसमितिका सबैलाई धन्यवाद दिएको एक सदस्यले बताए ।

उच्च अदालत पाटनले सोमवार निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपनि नेम्वाङको नेतृत्वमा निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ। एन्फाका महासचिव किरण राईले मंगलवार निर्वाचन सँग सम्बन्धित विषयमा सदस्य संस्थाका अध्यक्षलाई पत्रचार गरेका थिए।

एन्फा साधारण सभामा भाग लिने प्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता सम्बन्धित व्यक्तिहरुको बैंक खातामा पठाउने पत्राचार गरिएको थियो। अदालतको आदेशका विषयमा बैठकमा प्रश्न उठेपछि अध्यक्ष नेम्वाङले पत्र बुझ्ने बताएको सदस्यले बताए ।

आजै उच्च अदालत पाटनको निर्वाचन सम्बन्धी आदेश एन्फाको दर्ता फाँटले बुझेको बताइएको छ ।

लेखापरीक्षण र बजेट पास

एन्फा बैठकले लेखापरीक्षण प्रतिवेदन र सन् २०२६ (आर्थिक वर्ष २०८२/८३) का १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको बजेट पारित गरेको छ।

उच्च अदालतको अन्तरिम आदेश

एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया उच्च अदालत पाटनले सोमवार अस्थायी रुपमा रोक्न आदेश दिएको थियो ।

अदालतले उम्मेदवारी दर्ता लगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो। यद्यपि एन्फाले प्रकिया नरोकेको बताइएको छ।

न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सुनुवाइ गर्दै निर्वाचन प्रक्रियामा तत्काल रोक लगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतको आदेशअनुसार पुस २१ गते नयाँ पत्रिका दैनिक मा प्रकाशित सूचनाका आधारमा सुरु गरिएको उम्मेदवारी दर्ता फारम बुझ्ने कार्यसहित निर्वाचनसँग सम्बन्धित अन्य कुनै पनि गतिविधि हाललाई नगर्न नगराउन विपक्षीहरूलाई निर्देशन दिइएको थियो।

एन्फाले पुस २८ गतेसम्ममा प्रतिनिधिको नाम पठाउन सदस्य संस्थाका नाममा पत्र काटेको थियो। त्यस्तै माघ ३ गते भित्र उम्मेदवारीदर्तासहितको निर्वाचन तालिका सार्वजनिक गरेको थियो।

पुस १६ गते बसेको एन्फा कार्यसमितिको बहुमतको निर्णयका आधारमा माघ २८ गते झापामा केन्द्रीय समिति निर्वाचित गर्ने निर्णय गरेको थियो।

त्यो निर्णयका विरुद्धमा एन्फा पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) निवेदन दिएका थिए। एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो।

राखेपले २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न भन्दै पत्र काटेको थियो। त्यसका बाबजुद एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले रिट दायर गरेका थिए। खत्री एन्फा अध्यक्ष नेम्वाङको सचिवालयका पूर्व कर्मचारी हुन्।

माघ ६ गते छलफल

अदालतले अन्तरिम आदेशको मागसम्बन्धी विषयमा दुवै पक्षलाई छलफलका लागि मिति  माघ ६ गते पेशी तोकेको छ। सो मितिसम्मका लागि निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो।

साथै अदालतले निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई म्याद सूचना जारी गर्न आदेश दिएको छ।

खत्रीले राखेप समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको मागसहित रिट निवेदन दायर गरेका थिए। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहित अधिवक्ताहरू अपूर्व खतिवडा, सुमन कुमार के.सी. र रोचक रेग्मीले बहस गरेका थिए।

The post कार्यसमितिलाई‌ एन्फा अध्यक्ष नेम्वाङको धन्यवाद first appeared on हाम्रो खेलकुद.

नेपाल न्युज logo नेपाल न्युज

फ्रेन्ड्सको पुनरागमन जितसहित सानदार सुरुआत

नेपालन्युज 16 hours ago

काठमाडौं। फ्रेन्ड्स क्लबले पुनरागमन जितसँगै राष्ट्रिय लिग सानदार सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न उद्घाटन खेलमा काँक्रेविहार युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जितसँगै फ्रेन्ड्सले तीन अंक जोडेको छ।

फ्रेन्ड्सलाई जित दिलाउन प्रशान्त लक्क्षम, प्रवेश बस्नेत र आशीष चापागाँईले गोल गरे। काँक्रेविहारले एक गोल उपहारमा पाएको हो।

खेलको छैटौं मिनेटमै फ्रेन्ड्सका कमल श्रेष्ठले आत्मघाती गोल गर्दा काँक्रेविहारले सुरुआती अग्रता बनायो। तर, उक्त अग्रता जोगाउन भने सकेन। पहिलो हाफको इन्जुरी समयमा प्रशान्तले फ्रेन्ड्सलाई बराबरीमा ल्याए। मौसम सुब्बाको पासमा प्रशान्तले टोलीलाई १–१ को स्थितिमा ल्याएका हुन्।

५९औं मिनेटमा प्रवेशले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। ९०औं मिनेटमा कमलको पासमा आशीषले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को सहज जित दिलाए।

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

अदालतको आदेश बुझ्न नमानेको एन्फा बैठक बस्दै

Prakash Timalsina 21 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- उच्च अदालत पाटनको‌ आदेशको अपहेलना गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

उच्च अदालतले सोमवार उम्मेदवारी दर्ता लगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन एन्फालाई अन्तरिम आदेश जारी गरेको थियो ।  आदेश बुझ्न अस्वीकार गरेको एन्फाका महासचिव किरण राईले मंगलवार निर्वाचन सँग सम्बन्धित विषयमा सदस्य संस्थाका अध्यक्षलाई पत्रचार गरेका थिए।

एन्फाको माघ २८ गते झापामा हुे एन्फा साधारण सभामा भाग लिने प्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता सम्बन्धित व्यक्तिहरुको बैंक खातामा पठाउने पत्राचार गरिएको थियो।

सोही साधारण सभामा पेश गर्ने लेखापरीक्षण प्रतिवेदनका बारे सहित अन्य विषयमा छलफल गर्न आज बिहान ८ बजेका लागि बैठक बोलाइएको बताइएको छ । बिहान ९:३० बजेसम्म पनि बैठक भने सुरु गरिएको छैन।

अदालतको आदेशका विषयमा पनि बैठकमा छलफल हुने सक्ने बताइएको छ। निर्वाचन समितिले मनोनयन पत्र पनि दर्ता गरिरहेको बुझिएको छ।

अन्तरिम आदेश

एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया उच्च अदालत पाटनले सोमवार अस्थायी रुपमा रोक्न आदेश दिएको थियो ।
अदालतले उम्मेदवारी दर्ता लगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो।

न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सुनुवाइ गर्दै निर्वाचन प्रक्रियामा तत्काल रोक लगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतको आदेशअनुसार पुस २१ गते नयाँ पत्रिका दैनिक मा प्रकाशित सूचनाका आधारमा सुरु गरिएको उम्मेदवारी दर्ता फारम बुझ्ने कार्यसहित निर्वाचनसँग सम्बन्धित अन्य कुनै पनि गतिविधि हाललाई नगर्न नगराउन विपक्षीहरूलाई निर्देशन दिइएको थियो।

एन्फाले पुस २८ गतेसम्ममा प्रतिनिधिको नाम पठाउन सदस्य संस्थाका नाममा पत्र काटेको थियो। त्यस्तै माघ ३ गते भित्र उम्मेदवारीदर्तासहितको निर्वाचन तालिका सार्वजनिक गरेको थियो।

पुस १६ गते बसेको एन्फा कार्यसमितिको बहुमतको निर्णयका आधारमा माघ २८ गते झापामा केन्द्रीय समिति निर्वाचित गर्ने निर्णय गरेको थियो।

त्यो निर्णयका विरुद्धमा एन्फा पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) निवेदन दिएका थिए। एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो।

राखेपले २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न भन्दै पत्र काटेको थियो। त्यसका बाबजुद एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले रिट दायर गरेका थिए। खत्री एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको सचिवालयका पूर्व कर्मचारी हुन्।

अन्तरिम आदेशमा छलफल हुने

अदालतले अन्तरिम आदेशको मागसम्बन्धी विषयमा दुवै पक्षलाई छलफलका लागि मिति  माघ ६ गते पेशी तोकेको छ। सो मितिसम्मका लागि निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो।

साथै अदालतले निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई म्याद सूचना जारी गर्न आदेश दिएको छ।

खत्रीले राखेप समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको मागसहित रिट निवेदन दायर गरेका थिए। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहित अधिवक्ताहरू अपूर्व खतिवडा, सुमन कुमार के.सी. र रोचक रेग्मीले बहस गरेका थिए।

The post अदालतको आदेश बुझ्न नमानेको एन्फा बैठक बस्दै first appeared on हाम्रो खेलकुद.

Explore by Source or Category