npl.977 Nepal News Stream

#फुटबल

Contents
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

नेपाली यु २० फुटबल टोली घोषणा

Prakash Timalsina 26 minutes ago

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय नेपाल पुरुष यु २० राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ।

माल्दिभ्समा हुने च्याम्पियनसिपमा नेपाली टोली उर्जन श्रेष्ठको मुख्य प्रशिक्षणमा उत्रिनेछ।‌ च्याम्पियनसिप चैत ९ देखि २१ गते (मार्च२३ देखि अप्रिल ४ ) हुनेछ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक माल्दिभ्स, भुटान र श्रीलंका समूह एमा छन्। समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्। राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

यु २० टोली

अलिक श्रेष्ठ
अनुभव पुरी
भक्तबहादुर परियार
विजय उराँव
विज्ञान खड्का
विनायक थारु
धर्बेन्द्र कुँवर (कप्तान)
गणेश पुलामी मगर
जोन बिष्ट
निशान राज लवाट
पवन पाख्रिन
पेम्बा नुर्बु भोटे
प्रशान्त मोक्तान
प्रसुन तामाङ
रणजित लामा
रोहन मोक्तान
रोशन तामाङ
सबिन कुमार लुङ्गेली मगर
सबिन राई
सिद्धान्त खड्का
सुबास बम
सुजन बस्नेत
सुजन डंगोल

The post नेपाली यु २० फुटबल टोली घोषणा first appeared on हाम्रो खेलकुद.

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

रियल म्याड्रिड पराजित

Prakash Timalsina 7 hours ago

एजेन्सी – रियल म्याड्रिडले ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी घटाउने मौका गुमाएको छ।

सान्टियागो बर्नाबेउमा भएको खेलमा गेटाफेले रियलमाथि १–० को अप्रत्याशित जित निकालेको छ। ३९ औं मिनेटमा मार्टिन सात्रियानोले भलीमार्फत गरेको गोल खेलको निर्णायक बन्यो। उनको बल रियलका गोलरक्षक थिबाउट कुर्टुआले रोक्न सकेनन्।

ला लिगमा रियलको यो लगातार दोस्रो हार हो । २६ खेलपछि रियल बार्सिलोनाभन्दा ४ अंकले पछाडि छ। दुवै टोलीले समान २६ खेल खेलेका छन्।

रियल यो खेलमा पनि किलियन एमबाप्पे बिना मैदान उत्रिएको थियो। उनी घुँडाको चोटका कारण मैदान बाहिर छन्। साथै जुड बेलिङ्घम पनि चोटका कारण खेल्न सकेनन्।

रियलले खेलभरि आक्रमण गरे पनि गेटाफेका गोलरक्षक डेभिड सोरियाले उत्कृष्ट प्रदर्शन गर्दै गोल हुन दिएनन्। भिनिसियस जुनियर ले राम्रो मौका पाए पनि गोल गर्न सकेनन्।

इन्जुरी समयमा रियलका फ्रान्को मास्तान्तुओनो ले रेफ्रीसँग विवाद गरेपछि रातो कार्ड पाए। गेटाफेका आद्रियन लिसो पनि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। रियलले अब शुक्रबार सेल्टाभिगो सँग खेल्नेछ।

The post रियल म्याड्रिड पराजित first appeared on हाम्रो खेलकुद.

News of Nepal logo News of Nepal

म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियो

न्युज अफ नेपाल 17 hours ago

लन्डन, (एजेन्सी)

आइतबारको खेलमा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेपछि म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । समान २८ खेलमा समान ५१ अंक भए पनि एस्टन भिल्लालाई पछि पारेर गोलअन्तरमा युनाइटेड तेस्रो स्थानमा उक्लियो ।

योसँगैं युनाइटेडको च्याम्पियन्स लिगको आस पनि ब्युँतिएको छ । अघिल्ला दुई सिजनमा टोलीले च्याम्पियन्स लिग खेल्न पाएको थिएन । हाल अन्तरिम प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा टोलीले ७ खेलमध्ये ६ खेलमा जित र एक खेलमा बराबरी नतिजा बेहो¥यो । यानि कि अहिलेसम्म शत प्रतिशत नतिजा रहेको छ ।
यो सानदार नतिजापछि क्यारिक मुख्य प्रशिक्षक बन्ने संभावना पनि बलियो भएको छ । क्लबले यस वर्षको सुरुआतमा रुबेन आमोरिमलाई बर्खास्त गरेको थियो । यसपछि टोलीको जिम्मेवारी क्यारिकलाई यस सिजनको अन्त्यसम्मको लागि दिएको हो ।

युनाइटेडले प्रिमियर लिगमा शीर्ष चारमा अन्त्य गर्न बाँकी १० खेल खेल्न बाँकी छ । टोलीले आफ्नो घरेलु मैदानमा ५ र अवे मैदानमा ५ खेल खेल्न बाँकी रहेको छ । जसमा, घरेलु मैदानमा एस्टन भिल्ला, लीड्स, ब्रेन्टफोर्ड, लिभरपुल र नटिघम फोरेस्टसँग खेल्नु पर्छ । यस्तै, अवे मैदानमा न्युक्यासल, बर्नमाउथ, चेल्सी, सन्डरल्यान्ड र ब्राइटनसँग खेल्नु पर्नेछ ।

टोटनहामलाई रेलिगेसन खतरा

टोटनहामले फुलहामसँग २–१ को हार बेहोरेपछि रेलिगेसन हुने खतरा बढेको छ । टोली अहिले रेलिगेसनबाट जोगिन नै संघर्षरत रहेको छ । २८ खेल खेल्दा २९ अंक जोेडेको टोली रेलिगेसन क्षेत्रबाट ४ अंकले मात्रै सुरक्षित छ । रेलिगेसनमा रहेका टोलीहरू वेस्ट हाम, बर्नली र वोल्भस्को क्रमशः २५, १९ र १३ अंक छन् ।

Explore by Source or Category