npl.977 Nepal News Stream

#फिल्म ‘झरीपछिको इन्द्रेणी’

Himal Press logo Himal Press

यस्तो देखिए ‘झरीपछिको इन्द्रेणी’ का कलाकार

Susmita Bajagain 14 hours ago

काठमाडौँ- हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मका प्रायः कलाकारको पात्रगत लुक्स सार्वजनिक गरेको हो।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, बाल कलाकारमा दिप्सन चिलवाललगायको अभिनय छ। फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्।

नागराज इन्टरटेन्मेन्ट प्रा.लि.ले निर्माण गरेको फिल्मको कथा निर्देशक घिमिरे स्वयंले लेखेका हुन्। फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेको संयुक्त लेखनमा बनेको छ।

बुद्ध थापाले छायांकन गरेको फिल्मका निर्मात्री अनिशा सेन्दाङ लिम्बू हुन्।

Explore by Source or Category