राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन
धनगढी । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले यहाँ नौ जिल्लामा एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सफल पार्न सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
गृहमन्त्री अर्यालले सुदूरपश्चिमको चुनावी सुरक्षा’bout अनुगमन–निरीक्षण
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमबहादुर रानाले एकीकृत सुरक्षा योजनाअनुसार काम भइरहेको बताउँदै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला–जिल्लामा थप प्रहरी पनि परिचालन गरिएको जानकारी दिए ।
मतदान स्थलमा नै सुरक्षाकर्मी परिचालनको कार्य भइरहेको डीआईजी रानाले बताए । डीआईजी रानाले भने, ‘सात हजार बढी नेपाल प्रहरी, १३ हजार पाँच सय निर्वाचन प्रहरी र अन्य सशस्त्र र सेना गरेर ३० हजार बढी सुरक्षाकर्मी परिचालन गरिरहेका छौं ।’ उनका अनुसार सोमबार मध्यरातदेखि सुरुभएको मौन अवधिलाई लक्षित गर्दै थप सतर्कता अपनाइएको उनले बताए ।
डीआईजी रानाले प्रदेशमा एसएसपीसम्मलाई फिल्डमा खटाइएको जानकारी दिदै १७७ मोबाइल टोली र २० रिजर्भ टोली तयारी अवस्थामा राखिएको जानकारी दिए ।
अतिसंवेदनशील मतदान केन्द्रमा सिसी क्यामेरा पनि जडान भइरहेको र आवश्यक परे हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । १७ लाख बढी मतदाता र १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कुल एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् । यस्तै, ३०० सामान्य र ३९५ संवेदनशील मतदानस्थल छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील छन् ।
गृहमन्त्री अर्यालले सुदूरपश्चिमको चुनावी सुरक्षा’bout अनुगमन–निरीक्षण
यसैबीच आइतबार र सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले सुदूरपश्चिमको चुनावी सुरक्षा’bout अनुगमन–निरीक्षण गरे । सो क्रममा उनले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा निर्देशन पनि दिए । अनुगमनका क्रममा उनले विगतमा सुदूरपश्चिममा निर्वाचन विरोधी गतिविधि भएको र अब हुन नदिने बताए ।
‘विगतमा यहाँ फर्जी मत हाल्ने, बुथ कब्जा गर्ने लगायतका निर्वाचन विरोधी गतिविधि भएका उदाहरण छन्,’ उनले भने, ‘यसपटक त्यस्ता गतिविधि रोकथाम गर्छौं । रोकथाम गर्दागर्दै पनि निर्वाचन विरोधी काम भए कानुनी कारबाही हुन्छ ।’
गृहमन्त्री अर्यालले भने जस्तै विगतका निर्वाचनमा सुदूरपश्चिमका केही जिल्लामा बुथ कब्जा, फर्जी मत, झडप र धाँधलीका घटना भएका छन् । बाजुरामा ०४८ यताका हरेक निर्वाचनमा घटना हुँदै आएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई युवाको मृत्यु भएको थियो । बाजुरासंगै बझाङमा पनि फर्जी मत खसाल्ने प्रवृत्ति छ । विगतमा यी जिल्लाका कतिपय मतदान केन्द्रमा ९९ प्रतिशतभन्दा बढी मतदान भएको थियो ।
The post सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....