npl.977 Nepal News Stream

#प्रदेश-२

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

उम्मेदवारद्वारा घुम्ती होली मिलन

राजधानी समाचारदाता 46 minutes ago

राजविराज । तराई मधेशमा रगंहरुको पर्व होलीको पूर्व सन्धयामा एक उम्मेदवारले घुम्ती होली मिलन समारोहको आयोजना गरी पर्व सगै मतदाताको मन जित्ने प्रयास गरेका छन ।

सप्तरीको क्षेत्र नं.२ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका डा.दिपक चौधरीले सोमवार सदरमुकाम राजविराज तथा आसपासका क्षेत्रमा घुम्ती होली मिलन समारोहको आयोजना गरी पर्व मनाउने संगै मतदाताको मन जित्ने प्रयास गरेका हुन ।

फागुन २१ गते हुने प्रतिनीधीसभा सदस्य निर्वाचन अन्तर्गत चुनाव प्रचार प्रसार गर्ने अन्तिम दिन सोमवार सम्म मात्रै हो । यसैलाई ध्यानमा राखी मतदाता संग होली पनि मनाउने र मतदानका लागी सहयोग माग्ने उदेश्यका साथ घुम्ती होली मिलन समारोहको आयोजना गरीएको डा.चौधरीले बताए ।

आफ्ना सर्मथक र कार्यकर्ताका साथ रंग अबिर लिएर मतदाताका घर÷घर र पसल÷पसल पुगेका उनले एक आपसमा रंग अबिर लगाएर शुभकामना दिदै आर्शिवाद र आफनो पक्षमा मत दिन आग्रह गरेका थिए । सो क्रममा उनले शान्त र मर्यादित भएर होली पर्व मनाउन सबैलाई आग्रह समेत गरेका थिए ।

पर्यवेक्षकलाई सुझाव
आसन्न प्रतिनीधीसभाको निर्वाचनमा जिल्लामा खटिने पर्यवेक्षकलाई आवश्यक तालिम प्रदान गरिएको छ ।

सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा खटिने राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) का प्रतिनीधीहरुलाई सोमवार आवश्यक तालिम प्रदान गरिएको हो ।

उक्त संस्थाबाट २ महिला सहित ११ जना तालिम प्राप्त प्रतिनीधी निर्वाचन पर्यवेक्षणका लागी परिचालित हुने भएको अध्यक्ष जंग बहादुर सिंहले जानकारी दिए ।

तालिम पश्चात उनीहरुलाई आवश्यक सामग्री सहित सोमवार नै जिम्मेवारी तोकिएको क्षेत्रका लागी विदाई गरिएको छ । सो अवसरमा प्रमुख अतिथी मधेशी आयोगका सदस्य आभा सेतु सिंहले पर्यवेक्षकहरुलाई आफनो जिम्मेवारी स्वतन्त्र, निश्पक्ष तथा वस्तुनिष्ठ रुपमा निर्वाह गर्न आग्रह गरिन ।

पर्यवेक्षण गर्दा निर्वाचन कार्यमा कुनै बाधा नपु-याउने गरी काम गर्न अनुरोधका साथ उनले पर्यवेक्षकले निर्वाचन आयोगबाट जारी निर्वाचन आचार सहिताको परिधीमा रही काम गर्नु पर्नेमा जोड दिईन ।

The post उम्मेदवारद्वारा घुम्ती होली मिलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

होली पर्वको संरक्षणमा जोड

राजधानी समाचारदाताच 55 minutes ago

राजविराज । होली पर्वको पूर्व सन्ध्यामा यहाँ विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । यस क्रममा मधेशी आयोगले सोमवार सप्तरी सदरमुकाम राजविराजमा होली महोत्वस २०८२ को आयोजना गरेको छ ।

समाजका विभिन्न ब्यक्तित्वहरु सहभागी भई होलीको गित गाउँदै र नाँचगान गर्दै एक आपसमा रंग अबिर लगाएर आत्मियता साटासाट गरेका छन ।

मधेशमा होली पर्व मंगलवार परे. पनि सो दिन चन्द्रग्रहण लाग्ने भएकाले अधिकाँशले बुधवार होली पर्व मनाउने तयारी गरेका छन । महोत्वसका अवसरमा मधेशी आयोगका सदस्य आभा सेतु सिंहले होली पर्वको संरक्षणमा जोड दिईन ।

“तराई मधेशको संस्कृतीका रुपमा रहेको होली पर्वको संरक्षण तथा प्रबद्र्धनका लागी यस प्रकारका आयोजनाले मद्दत पु¥याउने काम गर्छन, उनले भनिन–यस्ता पर्व मनाउँदा एक आपसमा सदभाव बढाउने काम समेत गर्छ ।”

होलीलाई मर्यादित ढंगले मनाउनु पर्नेमा जोड दिएकी उनले यसको संरक्षण र सम्बद्र्धनमा सबैले सहयोग गर्नू पर्ने आवश्यक्ता औल्याईन । महोत्सवमा विभिन्न कार्यालय र संघ संस्थाका प्रतिनीधी समाजिक अगुवा र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

The post होली पर्वको संरक्षणमा जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

रौतहटमा मोटरसाइकल र्‍याली गर्दै मोबाइलमा मतदान गर्न आजपाको अपिल

राजधानी समाचारदाता 19 hours ago

रौतहट । आम जनता पार्टी (आजपा)का संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । घरदैलो सहित साहले आज रौतहटमा हजारौंको सहभागितामा मोटरसाइल र्‍याली निकालेका छन् ।

रौतहटको सुकदेव चौकबाट सुरु भएको मोटरसाइकल र्यालीमा हजरौंको सहभागिता रहेको थियो । सुकदेव चौक, गौर, पिपराबजार, सिर्सिया, हजमिनिया, पथरा, फुलवरिया, लौकाहा, माधवपुर, मानपुर, जयनगर, दिपही, खेसरहिया हुँदै मोटरसाइकल र्याली सखुअवामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै रौतहट–१ का उम्मेदवार साहले आम मतदातासंग यसपटक मोबाइल छापमा मतदान गर्न अपिल गरेका छन् । रौतहट जिल्लाको समग्र विकासका लागि मोबाइल छापमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन उनले आग्रह गरे ।

पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु रौतहटबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको उनले बताए । साथै, रौतहटको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्र बिरुद्ध आम जनताको सरकार अहिलेको आवश्यक्ता हो,’ साहले भने ।

जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईज्याकरलाई पहिचान गरी जेनजीको माग सम्बोधन गर्नका लागि मोबाइल छापमा मतदान गर्न उनले आग्रह गरे । अहिलेको सिस्टममा सुधारका लागि आजपाका उम्मेदवारलाई बिजयी बनाउनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतपत्रमा मोबाइलमा मतदान गर्न आम मतदातासंग उनले आग्रह गरेका छन् ।

अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर मोबाइल छापमा मतदान गर्नुपर्ने साहले बताए ।

आजपाका उम्मेदवार बिजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

The post रौतहटमा मोटरसाइकल र्‍याली गर्दै मोबाइलमा मतदान गर्न आजपाको अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category