npl.977 Nepal News Stream

#प्रदेश-१

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

त्रियुगा बसपार्कको टर्मिनल भवन अलपत्र छाडेर निर्माण कम्पनी बेपत्ता

ईश्वर तामाङ 20 hours ago

उदयपुर । गाईघाटमा निर्माणाधीन प्रदेशस्तरीय नमूना बसपार्कको काम पाँच वर्ष अघि निर्माण सम्पन्न हुन पर्नेमा अहिले निर्माण कम्पनीले अलपत्र छाडेर बेपत्ता भएका छन । त्रियुगा नदि किनारामा निर्माणाधिन बसपार्कको टर्मिनल भवनको काम २०७७ पुस मसान्तमा सक्ने सम्झौता भएता पनि अहिले निर्माण कम्पनीले बिचमा नै अलपत्र छाडेको छ ।

त्रियुगा नगरपालिका ३ र १२ बीच त्रियुगा नदी किनारमा त्रियुगा बसपार्कलाई सुविधा सम्पन्न र अत्याधुनिक बनाउने गरी ठेक्का सम्झौता भएको थियो । योजनाको रेखदेख गर्ने जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरी राजविराजले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरी २०७७ पुस मसान्तभित्र सक्ने सम्झौता भएकोमा बिभिन्न बहानामा बसपार्क निर्माण अलपत्र छाडेको हो ।

अढाई तल्ले ३० कोठे दुई वटा भवन मध्ये हालसम्म ६० प्रतिशत काम गरि बाँकी काम बिचमा छाडेर निर्माण कम्पनी बेपत्ता भएका छन । भवन निर्माण गर्दै आएका रमण÷आईएसएमडी जेभीले लागत इस्टीमेट भन्दा ३४ प्रतिशत कम मूल्य (बिलो) मा बनाउने ठेक्का लिएको थियो । कुल १९ करोड २५ लाख लागत मूल्यको काम ३४ प्रतिशत कममा मूल्य अभिबृद्ध कर (भ्याट) बाहेक १२ करोड ४९ लाख रुपैंयामा ठेक्का लिएर काम थालेको थियो । तोकिएको म्याद भित्र काम नसकी निर्माण कम्पनी सम्र्पक बिहिन भएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत बताउँछन ।

टर्मिनल भवनमा बसपार्कको प्रशासनिक कक्ष, टिकट काउन्टर, नियन्त्रण कक्ष र सुरक्षा पोष्ट राखिनेछ । भवनसँगै १४ मिटर अग्लो घण्टाघर पनि निर्माण गरिने इस्टीमेट छ । बसपार्कमा यात्रु र व्यवसायीलाई सुरक्षित गर्न क्लोज सर्किट (सिसी) क्यामेरा जडान गर्ने इस्टीमेट रहेको छ । आकर्षक फुलबारी सहितको त्रियुगा बसपार्क प्रदेशकै नमूना, अत्याधुनिक तथा सुविधा सम्पन्न र यात्रुमैत्री हुने प्राविधिक इस्टीमेट रहेको छ । उनका अनुसार झण्डै ५ बिगाहा क्षेत्रफल जग्गामा बन्दै गरेको बसपार्कका भित्रि सबै सडकहरु कालोपत्रे र फुलबारीयुक्त हुन्छन् ।

ठाउँठाउँमा ‘फलामे सेड’सहितका ‘पार्किङ लटहरु’ निर्माण गरिनेछ भने यात्रुलाई गाडी पर्खन व्यवस्थित प्रतिक्षालय (वेटिङ सेड) बनाइनेछ । बिग्रेका गाडी मर्मत गर्न आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर) पनि बसपार्कभित्रै बनाइने छ । साथै बसपार्कभित्रै खाजा घर (क्यान्टिन) र उपभोग्य सामान बेच्न ‘सपिङ कवल’हरु पनि निर्माण गरिने छ । महिला–पुरुष र अपाङ्गताका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय बसपार्कमा बनाइनेछ । बिगतको कोरोनाको कारण देखाउँदै निर्माण कम्पनीले काम अलपत्र छाडेका हुन ।

The post त्रियुगा बसपार्कको टर्मिनल भवन अलपत्र छाडेर निर्माण कम्पनी बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category