npl.977 Nepal News Stream

#पक्राउ

Contents
Himal Press logo Himal Press

क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना पक्राउ

Keshav Rana Chhetri 11 hours ago

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ७४ लाख ५२ हजार अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डंगोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार शनिबार काठमाडौँ महानगरपालिका–१० बिजुली बजारस्थित केही व्यक्तिले क्रिप्टो मुद्राको कारोबार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुका साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको छ। पक्राउ परेकाहरुले क्रिप्टो मुद्रा कारोबार गरेको देखिएकाले निजहरु उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

Saral patrika logo Saral patrika

जेनजी आन्दोलन : विराटनगरमा आगजनी गर्ने समूहका नाइकेसहित ५ जना पक्राउ

Saral Patrika 11 hours ago

विराटनगर। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगरका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने समूहका नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने समूहका नाइके ताजिम अन्सारी नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का स्थानीय नेता हुन्। उनले सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मन्त्री हुँदा उनका स्वकीय सचिवको रूपमा काम गरेका थिए। गत भदौ २४ गते सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने समूहको नेतृत्व उनै अन्सारीले गरेको प्रहरीको भनाइ छ।

तोडफोड र आगजनीमा संलग्न भएको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको मोरङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए। आगजनी र तोडफोडको फोटा, भिडियो सार्वजनिक भएको थियो। उनका अनुसार अन्सारीलाई विराटनगर बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, अन्सारीसहित राजीव यादव, अरुण साह सोनार, महेश नेपाल र आवाज पौडेल पक्राउ परेका छन्। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Himal Press logo Himal Press

जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ

Ramesh Dawadi 18 hours ago

चितवन- पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूलाई कालिका नगरपालिका-६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो। पक्राउपर्नेमा रत्ननगर नगरपालिका-१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन्।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका-६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दंगाल छन्।

यस्तै, ५५ वर्षीय रामकुमार दंगाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन्। उनीहरूको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको उनले बताए। उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको हो।

Explore by Source or Category