npl.977 Nepal News Stream

#पक्राउ

Himal Press logo Himal Press

मोरङ र झापामा लागुऔषधसहित तीन जना पक्राउ

Keshav Rana Chhetri 16 hours ago

काठमाडौँ- लागुऔषधसहित मोरङ र झापाबाट तीन जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागुऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका  ३३ वर्षीय राजेश नेम्वाङ पक्राउ परेका हुन् ।

यसै गरी, विराटनगर महानगरपालिका–१६ दरैयाबाट खैरो हेरोइनसहित सुनसरीको धरान उपमहानगरपालिका–११ का २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ। अभियुक्तहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला पक्राउ परेका हुन्।

Explore by Source or Category