काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ऊर्जा र प्रस्ट दृष्टिकोणसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार मध्यराति निर्वाचित भएपछि बिहीबार बिहान महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ स्वरूपमा जनतामाझ जाने उद्घोष गरे।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरे। महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भए। सभापति: गगन कुमार थापा उपसभापति: विश्वप्रकाश शर्मा र पुष्पा भुषाल महामन्त्री: प्रदिप पौडेल र गुरुराज घिमिरे सह-महामन्त्री: डा.
काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षबाट निष्कासित महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भएर विशेष महाधिवेशन चलिरहेको जानकारी निर्वाचन आयोगलाई यसअघि नै गराइसकिएको बताएका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै थापाले निर्वाचन आयोगलाई विशेष महाधिवेशनको जानकारी गराइसकेकाले देउवा पक्षले आयोगमा पठाएको पत्र र प्रतिनिधिको औचित्य नरहेको दाबी गरे।
काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादले उग्र रूप लिँदै पार्टी फुटको संघारमा पुगेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्कासन गर्ने कठोर निर्णय गरेको छ।
काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनतर्फ अघि बढिसकेको संकेत दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी मुख्यालय सानेपा पुगेका खड्काले त्यहाँ भेला भएका नेताकार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै अब पार्टी जोगिन नसक्ने अवस्था आएको बताएका हुन्।
काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत प्रतिस्पर्धा हुने पदमा विद्युतीय भोटिङ मेसिनमार्फत निर्वाचन गराइने महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। उनले पारदर्शी र छिटो नतिजा प्राप्त गर्न विद्युतीय प्रणाली प्रयोग गर्न लागिएको जानकारी दिए।
काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी रहँदा सभापति शेरबहादुर देउवा र दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माबीच भएको भेटवार्ता निष्कर्षविहीन भएको छ। पछिल्ला वार्ताहरूबाट कुनै ठोस सहमति ननिस्किएपछि सभापतिले बुधबार बिहान दुवै महामन्त्रीलाई छलफलका लागि देउवाले आफ्नै निवास महाराजगञ्जमा बोलाएका थिए।
काठमाडौँ- आइतबारदेखि भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको मनोनयनका दर्ताका लागि पुनः समय थप गरिएको छ। मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा पटकपटक थप गरी बेलुकी ७ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो। मंगलबार नै बेलुकी ९ बजेदेखि बुधबार बिहान १ बजेसम्म मतदानको समय तय गरिएको थियो।