npl.977 Nepal News Stream

#नेकपा एमाले

Contents
Himal Press logo Himal Press

महाधिवेशनमा स्वस्थ्य प्रतिस्पर्धा गर्न सबैलाई छुट छ : ओली

Dhairya Kanta Dutta 13 hours ago

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवशेनमा स्वस्थ प्रतिष्पर्धा गर्न सबैलाई छुट रहेको बताएका छन्।

एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित महाधिवशेनको लोगो सार्वजनिक कार्यक्रममा ओलीले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वका साथै केन्द्रीय कमिटी चयन गर्न निर्वाचन हुने भन्दै आगामी निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा गर्न सबैलाई छुट रहेको बताएका हुन्।

उनले महाधिवेशनका क्रममा सर्वसम्मतिका नाममा सेन्टिमेन्टलको काम नहुने र कसैलाई रोक्ने प्रयास नहुने स्पष्ट पारे। अध्यक्षका हिसाबले आफूले सर्वसम्मत रुपमा अघि बढ्न आह्वान गर्ने भन्दै उनले एमालेमा लोकतन्त्रको पूर्ण अभ्यास हुने बताए।

अध्यक्ष ओलीले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वभाविक रुपमा हुने भएकाले यसमा अनावश्यक बहस गर्न आवश्यक नरहेको जिकिर गरे। पार्टीका केन्द्रीय सदस्य सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने उनले बताए।

त्यस्तै अध्यक्ष ओलीले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई सिंहदरबारमा लगेर राखिएको धारणा राखे। उनले असंवैधानिक कामलाई रोक्नका लागि संसद पुनस्र्थापना आवश्यक रहेको बताए।

ओलीले देश अप्ठेरो अवस्थामा रहेका बेला दलहरुले राजनीतिक स्वार्थ त्यागेर एकताबद्ध भइ मुलुकलाई लोकतन्त्रमा फर्काउन आह्वान गरे। उनले बौद्धिक वर्गहरूलाई पनि सत्यको पक्षमा वकालत गर्न आग्रह समेत गरे।

Himal Press logo Himal Press

महाधिवेशनमा स्वस्थ र मित्रवत् प्रतिस्पर्धा हुन्छ : ईश्वर पोखरेल

Ramesh Dawadi 19 hours ago

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं राष्ट्रिय महाधिवेशनमा स्वस्थ र मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै भूगोल तथा विशेष कमिटीबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै यस्तो बताएका छन्।

पोखरेलले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरणको कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउने बताए।

‘एमाले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरण कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउन चाहन्छ। यी काम गर्दै मुलुकमा समृद्धिको एउट अभियानलाई अगाडि बढाउन चाहन्छ,’उनले भनेका छन्,‘यो ११ औं राष्ट्रिय महाधिवेशन यो काममा महत्त्वपूर्ण निष्कर्षमा पुग्न सकोस् यो सँगसँगै नेतृत्व निर्माणमा स्वस्थ, मित्रवत् प्रतिस्पर्धालाई हामीहरू अगाडि बढाउन चाहन्छौं। यो महाधिवेशनमा यी कामहरू गर्न सकौं।’

पोखरेलले महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन्।

Explore by Source or Category