गगनलाई बधाई दिँदै बाबुराम भन्छन्- पुराना दलहरूको समयानुकूल पुनर्संरचना सुरुवात भयो
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थाप सभापतिमा निर्वाचित भएपछि अन्य दलहरूमा पनि पुनर्संरचनामा बल पुग्ने बताएका छन्।
पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात भएको उनको भनाइ छ। उनले भनेका छन्,‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टीमलाई हार्दिक बधाई तथा शुभकामना।’
नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्। उनले थपेका छन्,‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना।’
डा.भट्टराईले २०७० सालदेखि वैकल्पिक राजनीतिक शक्तिको अभियान चलाउँदै आएका छन्। उनले २०७३ सालमा नेपाल म्यागजिनमा लामो लेख लेख्दै पुरानै पार्टी मध्येबाट कसैले युगको आवाज सुनेर आफूलाई रूपान्तरण गर्न पनि सक्छन् भन्ने बताएका थिए।