महोत्सवमा आफू लखेटिएको अफवाहपछि गायिका ज्योतिको यस्तो स्पष्टिकरण
Susmita Bajagain
|
18 hours ago
काठमाडौँ- गायिका ज्योति मगर चन्द्रौटा महोत्सवमा आफू लखेटिएको भन्ने भ्रम फैलाएको बताएकी छिन्। उनले उक्त दिनमा आफू दाङको घोराहीमा प्रस्तुति दिइरहेको बताउँदै उक्त विषयमा गलत समाचार बाहिरिएको स्पष्टिकरण दिएकी हुन्।
चन्द्रौटा महोत्सवमा आफू नभएर र्यापर जिबबले प्रस्तुति दिइरहेको उनले खुलाएकी छन्। यसरी दर्शकलाई भ्रम छर्ने कार्य गर्नेहरूलाई उनले हार्दिक श्रद्धाञ्जलीसमेत भनेकी छन्।