npl.977 Nepal News Stream

#खेल

Contents
News of Nepal logo News of Nepal

फर्मुला वान रोकिने छैन

न्युज अफ नेपाल 8 hours ago

मेलबर्न, (एजेन्सी)

फर्मुला वान अस्टे«लियन ग्रान्ड प्रिक्सको आयोजकले पश्चिम एशियामा युद्धको कारणले सिजनको ओपनिङ रेस योजनाअनुसार नै शुरु हुने बताएको छ । अस्टे«लियन ग्रान्ड प्रिक्स कर्पोरेशनका मुख्य कार्यकारी अधिकारी ट्राभिस आउल्डले मेलबर्नमा सो कुरा बताएका हुन् ।

आउल्डले बताए कि इरानविरुद्ध अमेरिका र इजरायलको आक्रमणपछि पश्चिम एशिया भित्र र बाहिरका उडान सबै रद्द भएकोले केही टोलीहरूको यात्रा योजना परिवर्तन गर्नु पर्नेछ । उनले बताए कि एफवानका हरेक अधिकारीहरू रेसको लागि तयार छन् । उनले बताए–केही ड्राइभर र केही टोलीका सदस्य पहिले नै अस्टे«लियामा छन् । तर, यूरोपमा भएकाहरू यता आउन भने उनीहरूले कुनै बाटो खोज्नु पर्ने हुन्छ

News of Nepal logo News of Nepal

जयसूर्या टोलीबाट अलग भए

न्युज अफ नेपाल 8 hours ago

लन्डन, (एजेन्सी)

सनथ जयसूर्याले श्रीलंकाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्यप्रशिक्षक पदबाट अलग हुने निर्णय गरेका छन् । जारी टी–२० विश्वकपमा आयोजक भए पनि श्रीलंकाले सेमिफाइनलको यात्रा गर्न नसकेपछि पूर्व कप्तान जयसूर्याले पदबाट अलग हुने बताए । तर, ५६ वर्षीय जयसूर्याले विश्वकप नै आफ्नो अन्तिम जिम्मेवारी हुने योजना धेरै अघिदेखि बनाएको खुलासा गरेका थिए । उनले विश्वकपमा राम्रो नतिजासहित विदाई हुने सोच बनाएकोे तर, चाहेजस्तो नतिजा नआएकोमा दुःखी भएको बताए ।

पाकिस्तानविरुद्ध पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ५ रनले पराजित भएसँगैं श्रीलंका सुपरएटमा जितविहीन भएको थियो । सुपरएटमा श्रीलंकालाई न्युजिल्यान्ड, पाकिस्तान र इंग्ल्यान्डले पराजित गरेका थिए । योसँगैं जयसूर्याको नेतृत्वमा श्रीलंकाली टोलीले लगातार चौथो हार पनि बेहो¥यो ।

समूह चरणमा आयरल्यान्ड, ओमान र अस्ट्रेलियालाई हराएर सुपर एटको यात्रा तय गरेपछि अन्तिम समूहको खेलमा जिम्बाब्वेसँग हार बेहोरेको थियो । समूहमा दोस्रो भएर सुपर एटमा पुगेको श्रीलंकाले इंग्ल्यान्डसँग ५१ र न्युजिल्यान्डसँग ६१ रनको ठूलो अन्तरको हार बेहोरेको थियो । सुपर एटको अन्तिम खेलमा पाकिस्तानसँग हारेपनि त्यस खेलमा भने श्रीलंकाले राम्रो प्रदर्शन गरेको थियो ।

जयसूर्याले २०२४ को टी–२० विश्वकपपछि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा श्रीलंकाले अगस्ट २०२४ मा भारतविरुद्ध २७ वर्षपछि ऐतिहासिक एकदिवसीय द्विपक्षीय सिरिज जितेको थियो । टोलीले द ओभलमा टेस्ट जित्दै घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध २–० को टेस्ट सिरिजमा विजयसमेत हासिल गरेको थियो ।

News of Nepal logo News of Nepal

टी २० वर्ल्डकपको सेमिफाइनल समीकरण पूरा

न्युज अफ नेपाल 8 hours ago

काठमाडौं।

भारत र श्रीलंकामा जारी मेन्स टी २० वल्र्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । सुपर एटको दुई समूहका शीर्ष दुई टोलीहरू सेमिफाइनलमा पुग्ने प्रावधानअनुसार समूह १ बाट दक्षिण अफ्रिका र भारतले यो उपलब्धि हासिल गरेका हुन् ।

यस्तै, समूह २ बाट इंग्ल्यान्ड र न्युजिल्यान्डले अन्तिम चारको स्थान सुरक्षित गरेका हुन् । बाहिरिनेमा समूह १ बाट वेस्ट इन्डिज र जिम्बाब्वे तथा समूह २ बाट पाकिस्तान र श्रीलंका रहेका छन् । यसमध्ये जिम्बाब्वे र श्रीलंकाले कुनै पनि खेल जित्न सकेनन् ।

बुधबार कोलकताको इडेन गार्डेन रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाको सामना न्युजिल्यान्डसँग हुनेछ । यसअघि यी दुईबीच समूह चरणमा प्रतिस्पर्धा भएको थियो । जसमा, दक्षिण अफ्रिकाले सानदार जित हासिल गरेको थियो ।

बिहीबार मुम्बईको वानखेडे रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा सहआयोजक भारतले इंग्ल्यान्डको सामना गर्नेछ । भारत गत संस्करणको विजेता टोली पनि हो । फाइनल खेल आइतबार हुनेछ । यी सबै खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर १५ मिनेटमा शुरु हुनेछ ।

समूह चरणदेखि सुपर एटसम्मको केही रेकर्डहरू

–समूह चरणदेखि सेमिफाइनलसम्म पुग्न हार नबेहोर्नेमा दक्षिण अफ्रिका एक्लो टोली हो । दक्षिण अफ्रिकाले समूह चरणमा ४ र सुपर एटमा ३ गरी प्रतियोगितामा लगातार सात खेलमा जित हासिल गरेको छ ।

–पाकिस्तानका ओपनर साहिबजादा फरहान एकै प्रतियोगितामा २ शतक प्रहार गर्ने पहिलो ब्याटर बने । उनले समूह चरणमा नामिबियाविरुद्ध र सुपर एटमा श्रीलंकाविरुद्ध शतक प्रहार गरेका हुन् ।

–फरहान कूल ३ सय ८३ रन बनाएर टी २० विश्वकपको एकै संस्करणमा सर्वाधिक रन बटुल्ने खेलाडीसमेत बने । उनले भारतीय खेलाडी विराट कोहलीले २०१४ को संस्करणमा बनाएको ३ सय १९ रनको रेकर्ड तोडेका हुन् ।

–सबैभन्दा बढी २ सय स्कोर पार भएको पनि रेकर्ड बन्यो । सुपर एटसम्मको खेल सकिँदा जारी प्रतियोगितामा नौ पटक २ सय रन पार भएको छ । यसअघि सर्वाधिक २ सय रन पार भएको रेकर्ड पाँच पटकको थियो । जुन, पहिलो संस्करण २००७ मा बनेको थियो ।

–क्यानडाका युवराज सामरा टी २० विश्वकपमा शतक प्रहार गर्ने एसोसिएट टोलीका पहिलो खेलाडी बने । उनले समूह चरणमा टेस्ट खेल्ने टोली न्युजिल्यान्डविरुद्ध १ सय १० रन बनाएर रेकर्ड स्थापित गरेका हुन् ।

Explore by Source or Category