npl.977 Nepal News Stream

#खाना/कृषि

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

राजधानी समाचारदाता 14 hours ago

काठमाडौं । “भक्का छ ? अनि घोँगी नि ?” यतिबेला टुँडिखेलको मैदानमा यी दुई परिकार खोजीखोजी खानेहरूको भीड छ । पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएको छ ।

आज र भोलि मनाउने औपचारिक माघी महोत्सवलाई स्वागत गर्दै टुँडिखेलमा थारु समुदायका स्वादिला परिकार चखाउन चहलपहल सुरु भएको छ । केही स्टलमा परिकार पकाउने तर्खर गर्दै थिए भने केही स्टलमा भक्का, घोँगी, फ्राइ माछालगायत खानेकुरा पाकिसेका थिए । यद्यपि महोत्सव घुम्न आएहरूले भने घोँगी र भक्काको विशेष खोज्दै गर्दै थिए । मोरङकी सरिता खवासको समूहले दिउँसैदेखि माटोको भाँडोमा कपडाले बेरेर चामलको पिठोको तातोतातो भक्का पकाएर बेचिरहेकी थिइन् ।

“दिनभरमा भक्का मात्रै धेरे बिक्यो”, उनले भनिन्, “घोँगी त खोज्ने नै भए ।” रत्नपार्क कामले आएका विष्णु भुजेलले टुँडिलेखमा थारु माघी महोत्सव देखेर उत्साहीत भए । उनी उत्साहित हुनुको प्रमुख कारण थारु समुदायले बनाउने विभिन्न मौलिक स्वागदका परिकार थिए । स्टल घुमेपछि उनले घोँगी र भक्का नै चाखे ।

“घोँगी अहिले महँगीएछ,” उनले खाइसकेपछि स्टलका व्यापारीलाई ध्यानर्कषण पनि गराए । उनको कुरा सुनेर मिठो मुस्कानसहित परिकार चखाएकी कैलालीका केशरी चौधरीले घोँगी महँगो हुनुको नालीबेलीसमेत सुनाइन् । उनका अनुसार ९ रूपैयामा किनेर ५० रूपैया केजीमा बिक्री गरेको विगतको अनुभव अब अनुभवमा मात्रै सीमित रह्यो । शीतलहर अत्याधिक बढेकाले घोँगी खोज्न निकै कठिन भएपछि उनले बजारमा महँगो दरमा किनेर महोत्सवमा बेच्नु परेको बाध्यता बताइन् ।

अहिले स्टलमा रु दुई सय केजीमा किनेर चार सयमा बिक्री गर्नु परेको उनले सुनाइन । “शीतलहरले घोँगी खोज्न सकिएन, महँगो किनेर बेच्नु परेकोछ”, उनले भनिन् । थारु महोत्सवमा थारु समुदायका परिकारले आर्किषत गरेको छ । थारु समुदायले माघी आउनु अगाडिदेखि नै दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै महिना दिनअघिदेखि पर्वको तयारी गर्छन् । पुस मसान्तको दिन सुङ्गुर/बङ्गुर (जता गर्ने) र त्यसैदिन आगोको धुनी बाल्दै डफरमादलसँगै धुमरु गाउँदै रातभर जाग्राम रहने गरिन्छ । माघ १ गते सबेरै नजिकैको खोल, नदी, ताल, तलैयामा स्नान गरी ‘माघ लहान’ पूरा गरिने चलन छ । स्नातपश्चात पूजा र भाकल गरेर सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने जनविश्वाससमेत रहेको थारु समुदायका अगुवाहरू बताउँछन् ।

The post थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री

राजधानी समाचारदाता 14 hours ago

काठमाडौं । टोखाबाट यसवर्ष रु पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ ।

टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन् । १८ उद्योगमध्ये १० उद्योगले चाकू उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन् ।

टोखा नगरपालिका–२ र ३ मा चाकू उत्पादन हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो । टोखामा उत्पादन भएको चाकू काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्रीका लागि पु¥याउने गरिन्छ । टोखामा उत्पादन हुने चाकूले नेपालको करिब ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ ।

टोखा परम्परागत चाकू संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकू नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए । टोखामा बर्सेनि रु पाँच लाख किलो चाकू र लड्डु उत्पादन हुँदै आएको छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती हुने ठाउँका रुपमा चिनिन्छ ।

टोखाका उद्योगमा हाल सादा चाकू, मसला चाकू, स्पेशल चाकू, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखा परम्परागत चाकू संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकू उद्योगले वार्षिक चाकू र उखुबाट बन्ने परिकार बिक्रीबाट करोेडौँ रुपैँया आम्दानी गर्दै आएको बताए । टोखामा कृष्ण चाकू उद्योग, काशीलाल चाकू उद्योग र न्हुछे चाकू एण्ड तिरौला उद्योग ठूला उद्योग हुन् ।

कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यस वन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकू बनाईँदै आएको छ । धेरै पहिले समयमा टोखामा उखु उत्पादन हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखुखेती भने मासिएको छ ।

यहाँ उत्पादित सादा चाकूको मूल्य प्रतिकिलो १४०, मसला चाकूको मूल्य प्रतिकिलो १५०, सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०, कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखाको ऐतिहासिक विशेषतालाई जीवन्त राख्न टोखामा चाकू स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए । “टोखा नगरपालिका–२ गलेमा चाकू स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ,” छिट्टै चाकू स्तम्भ निर्माण गछौँ,” उनले भने । टोखाले चाकूलाई अन्तरराष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने बताएको छ ।

नेवारी संस्कृतिमा माघ १ गते चाकू खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकू खाने चलन छ । चाकू चिसो लागेका बेला पनि खाने चलन छ । चाकू खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकू खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकूबाहेक सख्खर, तरुललगायतका खानेकुरासमेत खाने प्रचलन छ ।

The post टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category