आधिकारिकता खोज्दै आयोग जादैछ थापा कांग्रेस
काठमाडौँ- नेपाली कांग्रेसको गगन थापा समूह आधिकारिकता खोज्दै आज निर्वाचन आयोग जाने भएको छ ।
सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बिहीबार निर्वाचन आयोग जाने बताएका थिए ।
उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए । थापाले निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गरे । उनले आफू नेतृत्वको कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको जिकिर गर्दै आफूहरूले नै वैधानिकता पाउनुपर्ने दाबी गरे ।