npl.977 Nepal News Stream

#कला/साहित्य

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

नेपाल भाषा, गीत संगीत र चलचित्रको लागि ‘नेवा–फ्लिक्स’ सुरु

राजधानी समाचारदाता 19 hours ago

काठमाडौं । नेपाल भाषाको गीत संगीत, चलचित्र र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने लक्ष्यसहित नयाँ ओटिटी प्लेटफर्म ‘नेवा–फ्लिक्स’ सार्वजनिक गरिएको छ । आयोजकका अनुसार यो पहलले चलचित्र घरसम्म पुग्न नसक्ने दर्शकलाई घरमै बसेर नेपाल भाषाका चलचित्र, गीत–संगीत तथा विविध सांस्कृतिक कार्यक्रम हेर्ने अवसर प्रदान गर्नेछ ।

काठमाडौँको कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा शनिबार बेलुका आयोजित विशेष कार्यक्रममा प्लेटफर्मको औपचारिक घोषणा गरिएको हो । इलोहं इन्टरटेनमेन्टद्धारा आयोजित उद्घाटन समारोहमा भाषा संरक्षणसँगै व्यावसायिक विस्तारको उद्देश्य राख्दै यो प्लेटफर्मलाई सुरु गरिएको जनाईयो । अब यो प्लेटफर्ममा नेपाल भाषाको नयाँ चलचित्र पैसा तिरेर र पुरालाई दर्शकले निःशुल्क हेर्न पाउने छन् ।

समग्रमा, ‘नेवा–फ्लिक्स’लाई नेपाल भाषा, गीत–संगीत र चलचित्रको संरक्षण तथा विश्वव्यापी प्रवद्र्धनका लागि महत्त्वपूर्ण पहलका रूपमा लिइएको आयोजक पक्षको कथन थियो । डिजिटल माध्यमको विस्तारसँगै अब नेपाल भाषा सामग्री सीमित दायराबाट बाहिर निस्केर अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने विश्वास आयोजकले कार्यक्रममा व्यक्त ग¥यो । यो ओटिटी प्लेटफर्मका सिइओ दर्शनवीर शाक्यका अनुसार करिब दुई वर्षको तयारीपछि ‘नेवा–फ्लिक्स’ सञ्चालनमा आएको जनाए । उनले इन्टरनेटमार्फत विश्वका जुनसुकै स्थानबाट नेपाल भाषाका सिनेमा, म्युजिक भिडियो र सांस्कृतिक सामग्री अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको सो समारोहमा जानकारी दिए ।

उद्घाटन समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विगतका सांस्कृतिक आन्दोलनका दिनहरू स्मरण गर्दै भाषा संरक्षणको स्वरूप समय अनुसार बदलिएको उल्लेख गरे । अध्यक्ष डिसीले बोर्डले नेपाल भाषाका पुराना क्लासिक चलचित्रहरूको संरक्षणमा समेत काम गरिरहेको जानकारी दिए । विशेष गरी ‘शिलु’ र ‘राजमती’ जस्ता ऐतिहासिक कृतिको डिजिटलाइजेशन प्रक्रियामा जोड दिइएको उनको भनाइ थियो । डिजिटल आर्काइभ र ओटिटी प्लेटफर्ममार्फत भाषा र चलचित्र दुवैको संरक्षण तथा प्रवद्र्धन सम्भव हुने उनले स्पष्ट पारे । कार्यक्रममा उनले भने,‘पहिले पम्प्लेट र भित्ते लेखनमार्फत संघर्ष हुन्थ्यो, अहिले डिजिटल माध्यम नै मुख्य आधार बनेको छ,’ प्रविधिसँग नजोडिएको भाषा र चलचित्र दीर्घकालीन रूपमा टिक्न नसक्ने धारणा राख्दै उनले यस्ता प्लेटफर्म समयको आवश्यकता भएको बताए ।

इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले आफ्नो संस्था विगत २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै समयसँगै प्रविधिमा रूपान्तरण आवश्यक ठानेर ओटिटीमा प्रवेश गरिएको जिकिर गरे ।

कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक एवम् नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले नेपाल भाषाको चलचित्रको प्रवर्धनमा यो प्लेटफर्मको महत्त्वपूर्ण योगदान रहने विश्वास गरे । उनले नेपाल भाषाका चलचित्र प्रदर्शनमा देखिने चुनौती समाधानका लागि सहकार्य गर्न प्रतिबद्धता जनाए ।

अग्रज फोटोग्राफर राजभाई सुवालले चलचित्र प्रदर्शन प्रविधि रिलबाट ओटिटीमा रूपान्तरण भइसकेको उल्लेख गर्दै नेपाल भाषाका चलचित्र पनि अब नयाँ प्रविधिमै अघि बढ्नुपर्ने धारणा राखे ।

The post नेपाल भाषा, गीत संगीत र चलचित्रको लागि ‘नेवा–फ्लिक्स’ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

गुपचुप छायांकनमा ‘कल्की–२’, अमिताभले पुरा गरेर छायांकन

एजेन्सी 19 hours ago

मुम्बई । अभिनेता अमिताभ बच्चनले अर्का अभिनेता कमल हासनसँगको तस्बिर सेयर गर्दै ‘कल्की २८९८ एडी’ को सिक्वेलको छायांकन सम्पन्न गरेको बताएका छन् । उनले यो चलचित्र निर्माण भइरहेको नयाँ अपडेट दिएका छन् । निर्माण पक्षले यस अघि चलचित्र निर्माण गर्ने भने पनि छायांकनको कुरा बाहिर ल्याएको थिएन ।

अमिताभ बच्चनले ‘कल्की २८९८ एडी’ पहिलो सृंखलामा शक्तिशाली र रहस्यमय अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए । उनको भूमिका फिल्मको सबैभन्दा महत्त्वपूर्ण मध्ये एक थियो। उनले कमल हासन, प्रभास, दीपिका पादुकोण र दिशा पटानीसँग यसमा अभिनय गरेका थिए । यस पटक पनि उनले यो चलचित्रमा यिनै कलाकारसँग काम गरेको छन् । जसमा दक्षिण भारतीय अभिनेता विजय देवेराकोन्डा लगायत अन्य केही प्रभावशाली कलाकार पनि जोडिएका छन् ।

यसरी अमिताभ बच्चनले ‘कल्की २८९८ एडी’ को सिक्वेलको छायांकन पूरा गरिसकेका समाचार आएको छ । यद्यपि, निर्माताहरूले अहिलेसम्म चलचित्रको ’boutमा कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्। उनीहरूले गुपचुप छायांकन गरिरहेका छन् । यो चलचित्रलाई ‘कल्की २’को नाम दिइएको छ । कमल हासन यस पटक पनि यो चलचित्रका मुख्य भूमिकामा रहेका छन् ।

१२३ तेलुगुका अनुसार, अमिताभ बच्चनले यो चलचित्रमा आफ्नो भूमिकाको छायांकन पूरा गरिसकेका छन् र त्यसपछि मुम्बई गएका हुन्, जबकि बाँकी कलाकारहरू हाल छायांकनमा व्यस्त छन् ।

यसैबीच, अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका छन्, ‘घर भनेको घर हो र यो भावनाले भरिएको छ । घर केवल भित्ता र छानाको संरचना मात्र होइन, यो आराम, आफ्नोपन र सुरक्षाको ठाउँ हो ।’

अमिताभले थप लेख्दै आफू यस अघि ‘कल्की २’ को छायांकनको लागि हैदराबादमा भएको जनाए । अब, आफू फेरि आफ्ना शुभचिन्तकहरूलाई भेट्न सक्षम हुने उनले ब्लगमा बताएका छन् ।

आइतबार बिहान अभिनेताले आफ्नो घरको बाल्कोनीबाट गुलाबको फूलको तस्बिर पनि साझा गरेका छन् । अमिताभ बच्चनको ब्लगबाट लाग्छ कि उनी यति बेला घरमा रमाइरहेका छन् ।

अमिताभ बच्चन हरेक आइतबार आफ्नो घर जलसा बाहिर आफ्ना फ्यानहरूलाई भेट्छन् । यद्यपि, उनले अघिल्लो आइतबार आफ्ना फ्यानहरूलाई भेट्न सकेनन् । त्यो दिन प्रशंसकहरू उनलाई नदेखेर निराश भएर फर्केका थिए । आफ्नो ब्लगमा यस’bout बताएका थिए कि, उनले छायांकनका कारण गत साता फ्यानहरूलाई भेट्न सकेनन् ।

The post गुपचुप छायांकनमा ‘कल्की–२’, अमिताभले पुरा गरेर छायांकन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

विजय मल्ल शताब्दी महोत्सवमा स्रष्टाहरूलाई पदक

राजधानी समाचारदाता 19 hours ago

काठमाडौं । नइ एकेडेमीले दिवंगत नाटककार, आख्यानकार तथा कवि विजय मल्लको काठमाडौँमा उनको सम्झनामा विभिन्न कार्यक्रम गर्दै ‘शताब्दी महोत्सव’ मनाएको छ ।

सो अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि ४६ जना प्राज्ञ, साहित्यकार, नाट्य एवम् चलचित्रकर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरियो ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँ लगायतले समारोहमा दिग्गज समालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित गरे । समारोहमा बोल्दै सो पदकको धन्यवाद सहित समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विजय मल्लका सिर्जनात्मक योगदानको चर्चा गरे ।

यस्तै विजय मल्लको ’boutमा अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई प्राज्ञिक कार्य गरेबापत नेपाल तथा भारतका सात जना साहित्यकारलाई जनही २५ हजार रुपियाँ राशिसहित ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत गरियो । कार्यक्रममा पुरस्कृत हुने साहित्यकारहरूमा डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.रमा सिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.भगवान चन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानी थिए ।

त्यसै गरी विजय मल्लका सिर्जनात्मक कृतिमा आधारित नाट्य मञ्चन तथा चलचित्र निर्माणमा उल्लेखनीय योगदान दिएबापत ३८ जनालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ सोही कार्यक्रममा समर्पण गरिएको छ ।

सो पदकबाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतम रत्न तुलाधर, चन्द्र माला शर्मा, चैत्यदेवी, टीका पहारी, प्रा.डा.दयाराम श्रेष्ठ, डा.दुर्गाबहादुर घर्तीमगर, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.देवीप्रसाद सुवेदी, नगीना जोशी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी थिए । यस्तै मदनदास श्रेष्ठ, प्रा.डा.महादेव अवस्थी, मुरलीधर, मोतीशोभा श्रेष्ठ, रवीन्द्र खड्का, राधेश्याम प्रधान, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, सूर्य माला शर्मा, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाललाई पनि पदकबाट विभूषित गरियो ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले सभापतित्वको तर्फबाट बोल्दै नेपाली साहित्य र नाटकको विजय मल्लको अतुलनीय योगदान रहेको बताईन् । कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.कृष्णराज घतानी, चैत्यदेवी, मदनदास श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले स्रष्टा विजय मल्लको योगदान’bout चर्चा गरे ।

The post विजय मल्ल शताब्दी महोत्सवमा स्रष्टाहरूलाई पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category