npl.977 Nepal News Stream

#कला/शैली

Sutra News logo Sutra News

‘गोबर गणेश’लाई सेन्सरको ‘ग्रीन सिग्नल’, माघे संक्रान्तिमा ‘बल्छी धुर्वे’को कमाल हेर्न पाइने

सुत्र न्युज | 12 hours ago
काठमाडौं । पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो । हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ले सोमबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । अब यो चलचित्रलाई स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन्।
Sutra News logo Sutra News

‘रोल नम्बर १’को पहिलो चरणको छायांकन सकियो

सुत्र न्युज | 12 hours ago
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो । दुई साताको ‘वर्कसप’पछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको चलचित्रको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । तर, प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए । निर्माता पौडेलका अनुसार हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दियो ।
Sutra News logo Sutra News

‘परान’ प्रदर्शनको ७५औं दिन पुगेपछि टिकटमा छुट

सुत्र न्युज | 15 hours ago
काठमाडौं । फिल्म ‘परान’ले आज आफ्नो प्रदर्शनको ७५ औं दिन पुरा गरेको छ । सोहि अवसरमा निर्माण टिमले अब केहिदिनका लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ । ‘परान फिल्म हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५ औं दिनको सेलिब्रेशनसँगै यो छुटको ब्यवस्था गरेका हौं ।’ चलचित्रका निर्माता रन्जित आचार्यले भने, ‘परान हेर्न बाँकी हुनु भएका दर्शकहरुलाई हेर्न आग्रह गर्दछु ।’ यो छुटको ब्यवस्था केहिदिनका लागी गरिएको हो । निर्माता आर्चायका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरुका लागी मात्र ब्यवस्था गरिएको हो ।
Sutra News logo Sutra News

४५ दिनमा ‘हन्टर’को इन्डक्ल्याप

सुत्र न्युज | 15 hours ago
काठमाडौं । चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ । चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । उनको यो डेब्यू निर्दशन हो । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन् । चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाइ छ । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् ।
Sutra News logo Sutra News

सानैमा आमाले छोडेर गएपछि दयाहाङको लालनपालनमा हुर्किरहेकी ‘छोरी’ शाइसा

सुत्र न्युज | 18 hours ago
काठमाडौं । चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन् । जो अभिनेता दयाहाङ राईसँग प्यारालल रुपमा देखिएकी छन् । जहाँ उनी दयाहाङको छोरीको भूमिकामा छिन् । दयाहाङको छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन्, शाइसा गौचन । जो आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा छिन् । सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा उनलाई देख्न सकिन्छ । ट्रेलरमा आमाको अभावमा उनले गरेको अभिनय यतिबेला दर्शकले मनपराइरहेका छन् । पोखराकी शाइसाको ‘मिरमिरे’ डेब्यु चलचित्र भने होइन । यसअघि उनेले दुईवटा चलचित्रमा काम गरिसकेकी छन् ।
Sutra News logo Sutra News

‘मिरमिरे’मा किन लगानी गरे रोहितले ?

सुत्र न्युज | 18 hours ago
काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आएका छन् । चलचित्र वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित चलचित्र ‘मिरमिरे’मार्फत कार्यकारी निर्माता बनेका हुन् । चलचित्र वितरण गर्दै आएका उनी किन निर्माता बने ? चलचित्रको कथा मन परेपछि आफू चलचित्र निर्माणका लागि अग्रसर भएको उनको भनाइ छ । ‘निर्माणका हिसाबले मिरमिरे मेरो तेस्रो चलचित्र हो । जब मलाई निर्देशक यम शेर्पाले यो चलचित्रको कथा सुनाउनुभयो मलाई कथा मन प¥यो,’ रोहित भन्छन्, ‘एउटा राम्रो कथामा चलचित्र निर्माणका लागि अफर आउँदा किन सहकार्य नगर्ने भन्ने भएर लगानी गरेको हुँ ।
Sutra News logo Sutra News

‘भाईरल गोर्खे’ले प्रिमियरमा कस्तो प्रतिक्रिया पायो ?

सुत्र न्युज | 18 hours ago
काठमाडौं । माघे संक्रन्तिको अवसर पारेर बिहीबारबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरियो। प्रिमियर शोमा मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतका सेलिब्रेटी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । सिनेमाको प्रिमियरमा सृष्टिले नेवारी पोशाकमा पुग्दा सौगात नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा उपस्थित भएका थिए । जहाँ सिनेमाका निर्देशक निगम श्रेष्ठ, निर्माताहरु ऋमित श्रेष्ठ, महेश लामिछाने र सहनिर्माता शुभेच्छा पौडेल पनि प्रिमियर शोमा उपस्थित थिए ।

Explore by Source or Category