npl.977 Nepal News Stream

#एचआईभी संक्रमित

Himal Press logo Himal Press

घट्दै एचआईभी संक्रमित

Dhairya Kanta Dutta 18 hours ago

काठमाडौँ- नेपालमा एचआईभी संक्रमितको संख्या विस्तारै घट्न थालेको सरकारी तथ्यांकले देखाएको छ।

विश्व एड्स दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले अनुमानभन्दा संक्रमण घटेको जानकारी दिए।

उनले सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको बताए। सरकारी तथ्यांकअनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन्। त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ।

डा. शर्माले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको र एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरू रहेको बताए। अझै पनि दिनमा २ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको उनले बताए।

निर्देशक शर्माका अनुसार नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिइएको छ। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुर्‍याउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ। डा शर्माले आगामी एक वर्षभित्र एचआइभी संक्रमणविरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए।

Explore by Source or Category