npl.977 Nepal News Stream

#ईभी

Kendrabindu logo Kendrabindu

दीपल ई-०७ ट्रान्सफर्मर एक्स नेपाली बजारमा सार्वजनिक, यस्ता छन् फिचर

इन्द्र कमल रोक्का 21 hours ago

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको क्षेत्रमा नवीनतम प्रविधि र बहुउपयोगिताको नयाँ आयाम थप्दै दीपल ई–०७ ‘ट्रान्सफर्मर एक्स’ आज काठमाडौंको दीपल नक्साल शोरूममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

नेपालका लागि दीपल ब्रान्डको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धीले यो प्रिमियम इलेक्ट्रिक गाडी बजारमा ल्याएको हो । दीपल ई–०७ ट्रान्सफर्मर एक्स को नेपाली बजार मूल्य रु १ करोड ९ लाख ९९ हजार निर्धारण गरिएको छ ।

लञ्च कार्यक्रममा बोल्दै एमएडब्ल्यू वृद्धीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अग्रवालले दीपल ई–०७ ट्रान्सफर्मर एक्सको क्षमताबारे प्रकाश पारे । उनले यो गाडीको सबैभन्दा विशेष पक्ष भनेकै एसयूभीबाट पिकअप ट्रकमा रूपान्तरण हुने ट्रान्सफर्मेसन क्षमता रहेको बताए, जसले यो गाडीलाई बहुउपयोगी बनाएको छ ।

उनका अनुसार, दीपल ई–०७ ट्रान्सफर्मर एक्समा जडान गरिएको एयर सस्पेन्सन सिस्टम ले गाडीलाई अफ–रोड यात्राका लागि समेत सक्षम बनाएको छ । नेपालको विविध भू–भाग र सडक अवस्थालाई ध्यानमा राखेर यो गाडी डिजाइन गरिएको उनको भनाइ थियो ।

प्रमुख फिचरहरू
-एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम)
-चार सिटमा भेन्टिलेटेड, हिटेड तथा मसाजिङ सिट
-एयर सस्पेन्सन सिस्टम
-एसयूभीबाट पिकअप ट्रकमा रूपान्तरण हुने ट्रान्सफर्मेसन क्षमता

लक्जरी, अत्याधुनिक टेक्नोलोजी र प्रयोगात्मक डिजाइनको संयोजनसहित आएको दीपल ई–०७ ट्रान्सफर्मर एक्सले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास एमएडब्ल्यू वृद्धीले व्यक्त गरेको छ।

Explore by Source or Category