npl.977 Nepal News Stream

#इन्धन

Saral patrika logo Saral patrika

नेपालमा इन्धन अभाव ? निगम भन्छ, ‘आपूर्ति सहज छ’

Saral Patrika 16 hours ago

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर नेपाली बजारमा देखिन थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतसम्म बढेपछि नेपालमा इन्धन अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताहरूले पेट्रोल पम्पमा लामो लाइन लगाउन थालेका छन् । विशेषगरी काठमाडौँ उपत्यकाका पम्पहरूमा आइतबार बिहानैदेखि इन्धन भर्नेको भिड बढेको छ ।

इरान विश्वको प्रमुख तेल उत्पादक राष्ट्र हुनु र समुद्री आपूर्ति मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध पुग्ने जोखिमले विश्वव्यापी चिन्ता बढाएको हो ।

नेपालले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रशोधित तेल आयात गर्ने र भारत आफैँ मध्यपूर्वको तेलमा निर्भर रहेकाले नेपाली उपभोक्तामा अभावको मनोवैज्ञानिक त्रास फैलिएको छ ।

यद्यपि, नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अमलेखगञ्ज–चितवन पाइपलाइनमार्फत इन्धन भित्रिने क्रम चौबिसै घण्टा जारी रहेको बताए ।

उनले बजारमा देखिएको लाइन केवल त्रासका कारण भएको उल्लेख गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरे । निगमका अनुसार हालको अन्तर्राष्ट्रिय परिस्थितिले नेपालको आन्तरिक वितरण प्रणालीमा तत्काल कुनै प्रभाव पार्ने छैन ।

Explore by Source or Category