काठमाडौं। अमेरिकाले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार जारी गरेको निर्देशनअनुसार ती देशबाट आउने आप्रवासी भिसा आवेदनहरू तत्कालका लागि रोकिएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो निर्णय ट्रम्प प्रशासनले लागू गरेको कडा अध्यागमन नीतिको निरन्तरता हो।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् ।
काठमाडौँ । कम्पनीले आफ्नो १८औं वार्षिक साधारणसभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत,उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित राष्ट्रिय लिग फुटबलमा मोफसलबाट प्रतिनिधित्व गर्न लागेको लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सले साथ दिएको छ । एन्फाको आयोजनामा यही पुस ३० गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा कूल १७ क्लब सहभागि छन् । जसमा कास्की जिल्लाको लालिगुराँस एसोसिएसनसँगै मोफसलका तीन क्लब छन् ।
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको हो ।
काठमाडौं । अमेरिकी ब्रान्ड ब्ल्याक डेकरले आफ्ना ग्राहकहरूका लागि सञ्चालित ‘पावर योर होम’ उपहार योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ। आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय सहभागिता भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न भएको छ । ९–११ जनवरी २०२६ मा भएको एमएमएससी नेपाल टिभीएस रेसमा नेपाली राइडरहरूले विश्वस्तरीय ट्रयाकमा एशियन स्तरको प्रभावशाली प्रदर्शन गरेका छन् ।
काठमाडौं । एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एक राजनीतिक सन्देश एसएमएसमार्फत प्रसारण भएको घटनाप्रति एनसेलको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण भएको नपाइएको पनि स्पष्ट पारेकाे छ ।
काठमाडाैं । हिमालयन गार्जियन नेपाल (एचजीएन)ले नेपाल बीमा प्राधिकरणको सहकार्य र नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिमा विदेशी पर्यटकलक्षित नेपालकै पहिलो डिभाइस आधारित बीमा सेवा सुरु गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एचजीएनले यसबारे जानकारी दिएको हो ।
काठमाडौं । हिमालयन गार्जियन नेपाल (एचजीएन) नेपालमा साहसिक पर्यटनको सुरक्षालाई व्यवस्थित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा विश्वासयोग्य बनाउने उद्देश्यले स्थापना गरिएको पहिलो समग्र सुरक्षा प्रणाली हो। हिमाली क्षेत्रमा यात्रा गर्ने विदेशी पर्यटक, ट्रेकर र पर्वतारोहीहरूको सुरक्षा सुनिश्चित गर्नु यसको मुख्य लक्ष्य रहेको छ।