npl.977 Nepal News Stream

#अर्थ विकास

नेपाल न्युज logo नेपाल न्युज

तस्बिरमा तरुल, सखरखण्ड र पिँडालुका चाङ

नेपालन्युज 16 hours ago

काठमाडौँ। माघेसंक्रान्तिको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डुलगायत खाद्य वस्तुको व्यापार बढेको छ। माघेसङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो।

ज्योतिष शास्त्रअनुसार सौर्यमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकरसङ्क्रान्ति’ पनि भनिन्छ।

माघेसंक्रान्तिका दिन विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु खाने चलन छ। तरुल र सखरखण्ड दुवै कन्दमूल अर्थात् माटोमुनि फल्ने आहार हुन्। यी दुवै फल कार्बोहाइड्रेटको राम्रो स्रोत हुन्। संक्रान्तिको पूर्वसन्ध्यामा बजारमा किनमेल बढेको छ।

माघेसङ्क्रान्तिको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड तथा पिँडालु र चाकुको बिक्री बढेको छ। कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ।

उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमा सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकबाट तरुल आउने गरेको व्यवसायी बताउँछन्। पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने अनि माघेसङ्क्रान्तिमा खाने चलन छ।

हेर्नुहोस् थप तस्बिर :

Explore by Source or Category