npl.977 Nepal News Stream

#अर्थ

Contents
News of Nepal logo News of Nepal

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर सार्वजनिक

न्युज अफ नेपाल 11 hours ago

काठमाडौँ
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकका लागि विशेष ‘न्यू इयर बिग स्विच’अभियान सार्वजनिक गरेको छ ।

जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष अभियानमार्फत ग्राहकले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन् ।
यस ‘बिग स्विच’ अभियानको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको ुउत्कृष्ट एक्सचेन्ज मूल्यांकनु उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु रहेको छ। योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् भने आकरशक नगद छुटको सुविधा समेत उपलब्ध गराइएको छ ।

विशेष गरी विद्युतीय सवारी साधन (ईभी) प्रति रुचि राख्ने ग्राहकका लागि कम्पनीले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ ।

यसका साथै नयाँ गाडी खरिद गर्दा ग्राहकले एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज जस्ता सुविधासमेत पाउनेछन् ।

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

राजधानी समाचारदाता 18 hours ago

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ ।

प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर बुधवार प्रतितोला सुन २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३ सय १५ रुपैयाँले बढेर आज ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सोही चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

The post सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

राजधानी समाचारदाता 18 hours ago

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे बसेको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ । साथै संस्थागत सामाजिक उत्तदारयित्वमा भएको खर्च अनुमोदन भएको हो।

त्यसैगरी गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको हो ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा पुस १७ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

The post सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category