npl.977 Nepal News Stream

#अर्थ

Contents
News of Nepal logo News of Nepal

बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रिया रद्द

न्युज अफ नेपाल 11 hours ago

काठमाडौँ।

नेपाल टेलिकमले बिलिङ प्रणाली खरिदको ठेक्का प्रक्रिया रद्द गरेको छ । कम्पनीले आइतबार सूचना जारी गर्दै कन्भर्जेन्ट रियल–टाइम बिलिङ तथा ग्राहक सहयोग प्रणालीसम्बन्धी विवादित ठेक्का प्रक्रिया रद्द गरेको हो ।

नेपाल टेलिकमको केन्द्रीय खरिद विभागले जारी गरेको सूचनामा आपूर्ति, डेलिभरी, जडान तथा सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र रद्द गरिएको उल्लेख छ । उक्त बोलपत्र सन् २०२५ मार्च १८ मा सार्वजनिक खरिद प्रणाली (ई–जीपी) मार्फत प्रकाशन गरिएको थियो ।

कम्पनीका अनुसार २ माघ २०८२ को निर्णयअनुसार ठेक्का प्रक्रिया रद्द गरिएको हो । यसबारे सबै इच्छुक तथा सहभागी बोलपत्रदातालाई जानकारी गराइएको सूचनामा भनिएको छ । कम्पनीले सार्वजनिक सूचनामा ठेक्का रद्द गर्नुको कारण खुलाएको छैन ।

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

विराटचोकमा कजारियाको नयाँ शोरूम उद्घाटन

राजधानी समाचारदाता 18 hours ago

विराटचोट । नेपालमा प्रिमियम टाइल ब्रान्ड कजारियाले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको छ। महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक र वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, धार्मिक गुरु दिनबहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सरीशा श्रेष्ठको उपस्थिति रहेको थियो।

हिमांशु अग्रवालले उद्घाटन समारोहमा भने, “विराटचोकमा नयाँ शोरूमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकहरूले आधुनिक र नवप्रवर्तनशील टायल विकल्प अवलोकन गर्न सक्ने गन्तव्यको रूपमा काम गर्नेछ। गृहस्वामी, ठेकेदार र वास्तुकारहरूले आफ्नो परियोजनाका लागि उपयुक्त डिजाइनहरू सहजै छनोट गर्न सक्नेछन्।”

सुन्दरहरैचा नगरपालिकाका प्रमुख गुरागाईंले भने, “कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थिति स्थानीय रोजगारी र विकासका अवसर बढाउनेछ। यसले गुणस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्नेछ।”

बेलबारीका प्रमुख राईले थपे, “विराटचोक र वरिपरि तीव्र रूपमा विकास भइरहेको छ। अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय ब्रान्डको उपस्थितिले निर्माण व्यवसायी, गृहस्वामी र विकासकर्ताहरूलाई आधुनिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ।”

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड टायल र सेरामिक वाल टायल समावेश छन्, जुन पानी तथा दाग प्रतिरोधी, बलियो र दीगो छन्।

कजारियाले हाल नेपालभर १०० भन्दा बढी शोरूमको सशक्त सञ्जाल विस्तार गरिसकेको छ, जसले ग्राहकहरूलाई आधुनिक र गुणस्तरीय निर्माण सामग्रीमा सजिलै पहुँच सुनिश्चित गरेको छ।

The post विराटचोकमा कजारियाको नयाँ शोरूम उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

६० अर्ब ४३ करोडको सेयर ‘पाइपलाइन’मा

राजधानी समाचारदाता 18 hours ago

काठमाडौं । आईपीओ अनुमति प्रक्रियाको नीतिगत अस्पष्टता, निर्णयको असंगति र बजारमा बढ्दो आपूर्तिको दबाबबीच पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पाइपलाइनबाट हटाइएका कम्पनीलाई पुनः अनुमति दिन थालेको छ । नेपाल धितोपत्र बोर्डमा आर्थिक वर्ष २०८२÷८३ को आइतबारसम्म दर्ता भएका साधारण सेयर निष्कासनका आवेदनहरूले ६० अर्ब ४३ करोड रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको देखाएको छ ।

पाइपलाइनबाट हटाइएका कम्पनीलाई पुनः अनुमति

सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आईपीओ पाइपलाइनमा रहिसकेका कम्पनीहरूलाई पुनः निवेदन दिन लगाइ आईपीओ बिक्रीको अनुमति पनि दिन थालेको छ । सेबोनले आइतबार सोपान फर्मास्युटिकल्स र याम्बालिङ हाइड्रोपावरलाई आईपीओ बिक्रीको अनुमति दिएको हो । यी दुई कम्पनीमध्ये सोपान फर्मास्युटिकल्सलाई यसअघि पाइपलाइनबाट हटाएको थियो ।

ऊर्जा उत्पादकहरूको संस्था इप्पानले आईपीओ अनुमतिमा बिचौलिया प्रयोग गरेर ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप लगाएपछि गत जेठमा
१४ वटा कम्पनीलाई पाइपलाइनबाट हटाइएको थियो । ‘नेटवर्थ नपुगेको’ भन्दै अध्यक्ष श्रेष्ठले पाइपलाइनबाट हटाएकोमा पुनः कम्पनीले आवेदन दिएका थिए । सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँबराबरको ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसैंबीच याम्बालिङ हाइड्रोपावरले २८ करोड रुपैयाँको २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको सेबोनले जनाएको छ ।

सेबोनको तथ्यांकअनुसार हाल पाइपलाइनमा रहेका सेयर निष्कासनको कुल संख्या ४१ करोड ८९ लाख ७५ हजारभन्दा बढी पुगेको छ भने कुल निष्कासन रकम ६० अर्ब रुपैयाँभन्दा बढी छ । यति ठूलो परिमाणमा नयाँ सेयर बजारमा आउनु नेपाली पुँजी बजारका लागि ऐतिहासिक घटना भए पनि यसले एकैपटक ठूलो आपूर्ति सिर्जना गरेर तरलतामा दबाब पार्ने सम्भावना पनि उत्तिकै रहेको छ । पाइपलाइनमा सबैभन्दा ठूलो हिस्सा जलविद्युत् क्षेत्रको रहेको छ । सेबोनका अनुसार ३३ वटा कम्पनी निष्कासन प्रक्रियामा छन् । यी कम्पनीले मात्रै १६ अर्ब रुपैयाँभन्दा बढीको सेयर बजारमा ल्याउने तयारी गरेका छन् ।

सिउरी न्यादी पावर, युनाइटेड मेवा खोला जलविद्युत् र मेवा डेभलपर्सजस्ता कम्पनीले ठूलो परिमाणमा सेयर निष्कासन प्रस्ताव गरेका छन् । धेरै परियोजनाले स्थानीय बासिन्दा र सर्वसाधारणलाई संयुक्त रूपमा सेयर दिने योजना बनाएका छन्, जसले ऊर्जा क्षेत्रमा जनसहभागिता बढाउने देखिएको छ ।

यसैगरी, उत्पादन तथा प्रशोधन क्षेत्रको करिब ३० अर्ब रुपैयाँभन्दा बढीको सेयर निष्कासन प्रस्ताव आउने देखिएको छ । सिमेन्ट र फलाम उद्योग यस क्षेत्रमा अग्रपंक्तिमा छन् । जगदम्बा स्टिल, शौर्य सिमेन्ट, मारुती सिमेन्ट र ऋद्धिसिद्धि सिमेन्टजस्ता कम्पनीले प्रिमियम थपेर सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन् ।

होटल तथा पर्यटन क्षेत्रमा पनि उल्लेखनीय चाप देखिएको छ । १३ वटा कम्पनीले करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन प्रस्ताव गरेका छन् ।

अकामा होटल, होटल साब्रिना, स्वर्णिम होटल र मौलाकाली केबलकारजस्ता परियोजनाहरूले पर्यटन पूर्वाधारमा बढ्दो लगानीको संकेत दिएका छन् । धेरै कम्पनीहरूले प्रतिसेयर खुद सम्पत्ति मूल्य ९० रुपैयाँ नाघेपछि मात्र आवेदन अघि बढाएको देखिएको छ ।

अन्य क्षेत्रमा पनि विविधता देखिएको छ । सञ्चार, स्वास्थ्य, ऊर्जा सेवा र अन्य व्यवसायसँग सम्बन्धित १२ कम्पनीले करिब ५ अर्बभन्दा बढीको निष्कासन प्रस्ताव गरेका छन् भने लगानीसम्बन्धी ४ कम्पनीले ३ अर्बभन्दा बढी र लघु बिमा क्षेत्रका ३ कम्पनीले करिब ६७ करोड रुपैयाँ बराबरको सेयर निष्कासन प्रस्ताव गरेका छन् । एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केबलकार, रिचेट जलविद्युत् र प्रभु हेलिकप्टरजस्ता कम्पनीहरूले खुद सम्पत्ति मूल्य ९० रुपैयाँ नाघेपछि पुनः आवेदन दिएका छन् ।

यससँगै प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रवृत्ति पनि तीव्र रूपमा बढेको छ । ठूला उद्योगले अंकित मूल्यमा उल्लेखनीय रकम थपेर सेयर जारी गर्ने प्रस्ताव गरेका छन् । यसले कम्पनीको मूल्यांकन उच्च देखाए पनि यदि त्यसको आधारमा वास्तविक नाफा र नगद प्रवाह सुनिश्चित नभएमा भविष्यमा बजारमा मूल्य समायोजनको दबाब आउन सक्छ ।

केही कम्पनीले निष्कासनको आकार पनि बढाएका छन्, जसले बजारबाट अझ ठूलो पूँजी उठाउने प्रयास देखिएको छ । अकामा होटलले निष्कासन आकार २० प्रतिशत पु¥याएको छ भने वर्णबास म्युजियम होटलले ३६ प्रतिशतसम्म विस्तार गरेको छ र कान्तिपुर फार्मास्युटिकल्सले पनि जारी पुँजीको उल्लेखनीय हिस्सा सार्वजनिक गर्न लागेको छ ।

समग्रमा ६० अर्ब रुपैयाँभन्दा बढीको यो पाइपलाइनले नेपाली पुँजी बजारलाई नयाँ उचाइमा पु¥याउने सम्भावना बोकेको छ । तर, यसको सफलता पूर्ण रूपमा नियामकीय स्पष्टता, कम्पनीहरूको वास्तविक वित्तीय क्षमता र लगानीकर्ताको विश्वासमा निर्भर रहनेछ ।

सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत जेठमा प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका दर्जनभन्दा बढी कम्पनीलाई आईपीओ पाइपलाइनबाट हटाउने निर्णय गरेका थिए । सो निर्णय सार्वजनिक लेखा समितिको निर्देशनसँग मेल खाने भए पनि त्यसको केही समयमै पुनः त्यही समूहका कम्पनीलाई अनुमति दिन थालिएको अवस्था देखिएको थियो । सोपान फर्मास्युटिकल्सको नेटवर्थ २३ रुपैयाँको हाराहारीमा रहेको भन्दै हटाइएको थियो । तर, अहिले पुनः आईपीओ अनुमति पाउनु नियामक निर्णयको स्थायित्वमाथि गम्भीर प्रश्न उठाउने आधार बनेको छ ।

सेबोनकै विवरण अनुसार पाइपलाइनबाट हटाइएका कम्पनीले आºनो वित्तीय अवस्था सुधार गरेको दाबी गर्दै पुनः आवेदन दिएका छन् र केहीको ‘नेटवर्थ’ ९० रुपैयाँभन्दा माथि पुगेको देखाइएको छ ।

The post ६० अर्ब ४३ करोडको सेयर ‘पाइपलाइन’मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category